कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जिरोप्वाइन्ट र अल्छेढुङ्गा बीचमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सहचालक गम्भीर घाइते छन् ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मंगलबार राति साढे १२ बजेतिर को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २२ वर्षीया चालक प्रकाश राईको मृत्यु भएको हो ।


सहचालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का २० वर्षीय सुजन राई घाइते छन् । घाइतेलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


घटनापछि उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा चालक राईको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?