कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकालाई स्कुलमै दूध !

काठमाडौँ — झापा मेचीनगर १२ सरेडाँगीको सरस्वती बालकल्याण माविका बालविकासका ६८ विद्यार्थीले हरेक दिन एक गिलास दूध पिउने भएका छन् ।

बालबालिकालाई स्कुलमै दूध !

स्थानीय ऋतिका डेरीले बालबालिकाका लागि दैनिक १५ लिटर शुद्ध दूध उपलव्ध गराउने भएपछि बालबालिकाले स्कुलमै दूध पिउन पाउने भएका हुन् ।

डेरीका सञ्चालक राजन चिमरियाले विद्यालय लागेका दिन टिफिन टाइममा हरेक बालबालिकालाई एक वर्षसम्म नि:शुल्क एक गिलास दूध उपलव्ध गराउने बताए । ३९ औं शिक्षा दिवसका सन्दर्भ पारेर शुक्रबार झापा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य राम कार्कीले यो अभियानको थालनी गरे ।

उनले निर्वाचनताका आफूले गरेको वाचा पूरा गरेको बताए । चुनावी प्रचारका बेला कार्कीले कम्युनिस्टको सरकार बने समाजवाद आउने बताउँदै समाजवादमा बालबालिकालाई प्रत्येक घरमा एक एक बोतल दूध उपलब्ध गराउने वाचा गरेका थिए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?