कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछा मार्दा गयो ज्यान

करेन्ट लाएर माछा मार्न खोज्दा अकालमा ज्यान जाँदै
झापाका खोलानदीमा करेन्ट लगाउने क्रम बढ्दो

काँकडभिट्टा — करेन्ट लगाएर माछा मार्ने काम गैरकानुनी हो । झापाका खोला नदीमा यो क्रम चलिरहेको छ । यसले गर्दा कतिपयको ज्यानै जाने गरेको छ ।

माछा मार्दा गयो ज्यान

खोलामा करेन्ट लगाएर माछा मार्न खोज्ने झापा शिवसतासी १ का ३२ वर्षीय दिनेश दाहालको करेन्ट लागेर शनिबार मृत्यु भयो । करेन्ट लाएर माछा मार्ने क्रमसँगै सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विगतमा ६ जनाले माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएका थिए । बाहुनडाँगी ३ को घैलाडुव्बा खोलामा करेन्टबाट माछा मार्ने क्रममा १५ वर्षीय कमल विष्टको ज्यान गएको थियो ।


०७३ साउन ८ मा दमक १ का २२ वर्षीय राजु कुमालको पनि करेन्ट लागेर ज्यान गयो । घर नजिकैको विपिनी खोलामा करेन्ट छाडेर माछा मार्ने क्रममा उनको मृत्यु भएको थियो । दमक १४ का ४२ वर्षीय मदनबहादुर पाँचकोटीको पनि विपिनी खोलामै करेन्टबाट ज्यान गएको थियो ।


करेन्टले माछा मारेर खाने लालशामा मान्छेले अकालमा ज्यान गुमाइरहेको छन् । झापामा यो समस्या बढ्दै जानु चिन्ताजनक छ । हुन त खोला तथा ताल तलाउमा करेन्ट छाडेर माछा मानव निकायको निगरानी अभावले समस्या झन् चुलिँदै गएको हो ।


प्रहरीले हालसम्म करेन्ट छाडेर माछा मार्ने एक जनालाई पनि पक्राउ गरेर कारबाही गर्न सकेको छैन । प्रहरीले करेन्ट लागेर मान्छे मरेपछि मात्रै थाहा पाउने गरेको छ । खासगरी मेची, निन्दा, विरिङ, कमल, रतुवालगायतका ठूला खोला र दउनियाँ, धरधरे, सेती, विपिनीलगायतका साना खोलामा करेन्टले माछा मार्ने गरिएको छ ।


अधिवक्ता दिपेन्द्र भट्टराईका अनुसार खोलामा करेन्ट दिएर माछा मार्नेलाई जलचर तथा वातावरण संरक्षण ऐन अनुसार कारवाही गर्न सक्ने कानुनी व्यवस्था रहेको बताए । ‘करेन्ट लगाएर माछा मारेको आरोपमा सम्भवत: कुनै मुद्दा अदालतसम्म आएकै छैन’, अधिवक्ता भट्टराईले भने । उनका अनुसार यस किसिमको अपराध ठहरिए कैदको व्यवस्था नभए पनि जरिवानासम्म तिराइने व्यवस्था छ ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?