कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संविधानप्रदत्त अधिकार प्रयोग गरौं’

सुनसरी — प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले संघ, प्रदेश र स्थानीय तहले संविधानबाटै प्राप्त मौलिक तथा आधारभूत राजनीतिक तथा सामाजिक अधिकारको भरपुर प्रयोग गर्न आग्रह गरेका छन् ।

‘संविधानप्रदत्त अधिकार प्रयोग गरौं’

उनले संविधानप्रदत्त अधिकारलाई अधिकतम सदुपयोग गर्दै प्रदेशलाई समृद्ध बनाउन सबैको योगदान आवश्यक भएको बताए । संविधान जारी भएको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा संविधानलाई पूर्ण कार्यान्वयन तथा अधिकतम उपयोगका लागि प्रदेश १ का नागरिकलाई अपिल गरे ।

उनले भने, ‘प्रदेशको दिगो र समाबेशी श्रीवृद्धि गर्न संविधानले दिएका हकअधिकार प्रयोग गदै जनताको बलिदानबाट स्थापित लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्नका लागि सबैले हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन ।’

संविधान दिवसका अवसरमा शुभकामना सन्देशमा जारी गर्दै सभामुख भण्डारीले आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग गरेर समृद्ध प्रदेशका लागि क्रियाशील रहन पनि आग्रह गरेका छन् । उनले प्रदेशको श्रीवृद्धिका लागि कृषिमा आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, पूर्वाधार निर्माण, रोजगारीमूलक शिक्षा नीति आजको अवश्यकता भएको बताएका छन् ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?