कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीले बगाएर बृद्धा बेपत्ता

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरुण नदीमा डुबेर एक वृद्धा बेपत्ता भएकी छिन् ।

नदीले बगाएर बृद्धा बेपत्ता

रामबजार निवासी ६१ वर्षीया सुककुमारी राई शुक्रबार बिहान नुहाउनेक्रममा आँपडाँडा नजिकबाट नदीले बगाएको प्रहरीले अनुमान गरेकाे छ ।


घटनास्थलमा बेपत्ता भएकी राईले प्रयोग गर्ने घडी, चप्पल, पैसाको थैली फेला परेको आधारमा नदीले बगाएको अनुमान गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । प्रहरी र स्थानीयबाट बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?