नदीले बगाएर बृद्धा बेपत्ता
धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरुण नदीमा डुबेर एक वृद्धा बेपत्ता भएकी छिन् ।
रामबजार निवासी ६१ वर्षीया सुककुमारी राई शुक्रबार बिहान नुहाउनेक्रममा आँपडाँडा नजिकबाट नदीले बगाएको प्रहरीले अनुमान गरेकाे छ ।
घटनास्थलमा बेपत्ता भएकी राईले प्रयोग गर्ने घडी, चप्पल, पैसाको थैली फेला परेको आधारमा नदीले बगाएको अनुमान गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । प्रहरी र स्थानीयबाट बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।
प्रकाशित : आश्विन ५, २०७५ ०८:५२प्रतिक्रिया