कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सवारी साधन बन्दले चौतर्फी समस्या’

विराटनगर — केही दिनदेखि चालकले बस, ढुवानीका साधन, ट्यांकर जस्ता सवारीका साधन चलाउन बन्द गरेका छन् । बन्दले समस्या भएको भन्दै उद्योगी व्यवसायीले चिन्ता जनाएका छन् । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा असहमति जनाउँदै केही दिनयता चालकले सवारी साधन बन्द गराएका हुन् ।

‘सवारी साधन बन्दले चौतर्फी समस्या’

उद्योग/व्यवसाय, स्वास्थ्य, शैक्षिक क्षेत्रका साथै आम सर्वसाधारणको दैनिकी अत्यन्त कष्टकर बनेको भन्दै यसबाट देशको आर्थिक गतिविधिमै नकारात्मक असर परिरहेको उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले जनाएका छन् ।

विगतको आन्तरिक द्वन्द्व, बन्द, हडताल, श्रम समस्या, लोडसेडिङका कारण कतिपय उद्योग–व्यवसाय शिथिल भई बन्द भएको अनि जसोतसो सञ्चालनमा रहेका उद्योग/व्यवसाय क्षेत्रसमेत बढदो उत्पादन लागत, खुला सीमा, बैंकको चर्को व्याजदरका कारण समस्यामा परिरहेको उनीहरूको भनाइ छ ।

उद्योग–व्यवसायका साथै आम जनताको दैनिकीसँग प्रत्यक्ष सम्वन्ध गाँसिएको र सरकारले समेत अत्यावश्यक सेवा क्षेत्रका रूपमा घोषणा गरेको यातायात जस्तो क्षेत्रलाई ठप्प पार्दा उत्पादित वस्तु बजारसम्म पुग्न नपाएको ती संस्थाले जनाएका छन् ।

यसैगरी उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थलगायतका वस्तु भन्सार यार्डमै रहनाले उत्पादनमा असर पर्न गरेर आर्थिक गतिविधिमा नै गम्भीर नकारात्मक प्रभाव परिरहेको संगठनका अध्यक्ष भीम घिमिरे र संघका अध्यक्ष पवन सारडाले विज्ञप्ति जारी गरी जनाएका छन् ।

यातायात क्षेत्र बन्द गर्दा आमजनता लगायत अन्य क्षेत्रमा परिरहेको नकारात्मक प्रभावलाई मनन गरी सरकार र आन्दोलनरत पक्षलाई आपसी सहमतिमा अविलम्व समस्या समाधान गर्न ती संस्थाले आग्रह गरेका छन् ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?