कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

जिल्लाभर बिजुली विस्तार गरिँदै

केन्द्रीय प्रसारण लाइन विस्तार नभएका स्थानमा विद्युतीकरण, लाइन विस्तार, ट्रान्सफर्मर जडान र फलामे खम्बा गाड्नेलगायत कामका लागि रकम विनियोजन

तेह्रथुम — केन्द्रीय प्रसारण लाइन नपुगेका जिल्लाका सबै स्थानमा बिजुली विस्तार गरिने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

जिल्लाभर बिजुली विस्तार गरिँदै

केन्द्रीय प्रसारण लाइन विस्तार नभएका स्थानमा विद्युतीकरण, लाइन विस्तार, ट्रान्सफर्मर जडान र काठका हटाएर फलामे खम्बा गाड्नेलगायत कामका लागि रकम विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले बताए । सरकारले सन् २०२१ भित्रमा नेपालका सबै भूभागमा विद्युत् विस्तार गरी सक्ने लक्ष्य लिएको छ ।

प्राप्त बजेटबाट विद्युतीकरण नभएका सबै क्षेत्रमा विद्युत् विस्तार गर्ने विद्युत् प्राधिकरण वितरण केन्द्र जिरिखिम्तीले जनाएको छ । जिल्लाको आठराई गाउँपालिकाका सातवटै बडामा विद्युत् सेवा पुगेको छैन । आठराई गाउँपालिकामा विद्युत् विस्तारका लागि १७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । फेदाप गाउँपालिकाको सम्दुमा विद्युत् विस्तार गर्न २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको स्वकीय सचिव चापागाईले बताए ।

यसअघि विद्युतीकरण भइसकेका फेदाप, मेन्छ्यायाम र छथर गाउँपालिका तथा म्याङलुङ र लालीगुराँस नगरपालिकामा ११ केभीए प्रसारण लाइन र ग्राहकका घरसम्म वितरण गर्ने लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि १० करोड ५० लाख विनियोजन भएको छ । प्राधिकरणले यसै वर्षभित्र जिल्लाभरका सवै काठे खम्बा हटाएर फलामे राख्ने भएको छ । यसका लागि मन्त्रालयले ३ करोड बजेट दिएको छ ।

जिल्लामा हाल रहेका ५ हजार ३ सय ६० काठका खम्बामार्फत विद्युत् विस्तार गरिएको वितरण केन्द्रका प्राविधिक बेनु खनालले बताए । काठका खम्बा कतिपय मक्किएर र पुराना भएर भाँचिएका र भाँचिने अवस्थामा पुगेकाले फेरिने खनालले बताए ।

हाल जिल्लाका ६७ प्रतिशत घरमा विद्युत् सेवा पुगेको प्राधिकरण शाखाले जनाएको छ । जिल्लामा २२ हजार ९४ घर रहेकामा १३ हजार घरमा मात्र विद्युत् सेवा पुगेको तेह्रथुम वितरण केन्द्रका प्रमुख प्रेम भण्डारीले बताए । मागअनुसार बजेट आएकाले बाँकी रहेका सबै क्षेत्रमा यसै वर्षभित्र विद्युत् विस्तार गर्ने केन्द्रले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?