कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० वर्षमा बन्यो ताप्लेजुङको दोभान पुल 

आनन्द गौतम

ताप्लेजुङ — दोभानको तमोर नदी माथिकाे पुल १० वर्ष पछि सोमबार देखि सञ्चालनमा आएको छ । २०६६ मा निर्माण सुरु भएको पुल बल्ल सम्पन्न भएको हो । पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ अब मेची र कोशी राजमार्ग दुवैसँग जोडिएको छ ।  

१० वर्षमा बन्यो ताप्लेजुङको दोभान पुल 

सोमबार बिहान ठूला तथा साना सवारीसाधन पुलबाट गुड्न सुरु भएको उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्ष चन्द्र प्रसाद पौडेलले जानकारी दिए ।


पौडेलकाअनुसार पुल तारेर मेरिङदेन, आठराई त्रिबेणी, मैवाखोला गाउँपालिकाका केन्द्रसम्म गाडी पुऱ्याइएको छ । वर्षौको प्रतिक्षापछि पुलमा गाडि चल्दा दोभानमा भेला भएकाहरु उत्साही भएका थिए ।

प्रादेशिक संरचना अनुसार दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङको दुई क्षेत्रलाई पनि यही पुलले जोडेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका एउटा बाहेक सबै स्थानीय तह अब सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिएका छन् । मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवामा भने मोटरबाटो पुगेको छैन ।


यो पुलको निर्माण सम्झौता २०६६ साल मंसिर ८ गते भएको थियो । सडक डिभिजन कार्यालय इलामले गरेको टेण्डरमा कन्काइ, मैनाचुली र याक्थुङहाङ जेभी गरी तीनवटा कम्पनीले टेण्डर पारेका थिए ।


११ करोड १६ लाखको टेण्डर माग गरिएकोमा १० प्रतिशत कम १० करोड ३५ लाख ६७ हजारमा दुई बर्षमा सक्ने गरि सम्झौता भएको थियो । पुल निर्माणको प्रगतिअनुसार डिभिजन कार्यालयले ६ करोड ७५ लाख भुत्तानी दिएपनि ढिलासुस्ती भएपछि ७१ सालदेखि भुत्तानी रोकिएको थियो । यो एकतर्फी चल्ने ट्रष्ट ब्रिज हो ।

प्रकाशित : आश्विन ८, २०७५ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?