कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सात वर्षदेखि फरार दुई अपराधी पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — अदालतबाट कैद सजाय तोकिएर फरार रहेका दुई जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।

सात वर्षदेखि फरार दुई अपराधी पक्राउ

बुधबार मैवाखोला गाउँपालिका–४ का मनबहादुर संयोग लिम्वू र सन्तोष भन्ने कुमार लिम्वूलाई पक्राउ गरी कारागार चलान गरिएको हो । उनीहरु सात वर्षदेखि फरार रहेका थिए ।


२०६८ असोज १ गते सोही गाँउका बलबहादुरको हत्या गरेका उनीहरुलाई जिल्ला अदालत ताप्लेजुङले जनही २० वर्षको सजाय तोकेको थियो । २०७४ बैशाख १४ गतेको फैसलापछि पनि उनीहरु गाँउमै लुकिछिपि बस्दै आएका थिए । छ जना प्रहरीको टोलीले पाँच दिनको प्रयासमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले बताए ।


जिल्लामा अन्य फरार अपराधीहरुको खोजी पनि तीव्र बनाइएको छ ।

प्रकाशित : आश्विन ११, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?