कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैं मनाउन विपन्नलाई चामल

कान्तिपुर संवाददाता

विराटनगर — मोरङको सुनवर्षी नगरपालिका २ वडा अध्यक्ष प्रताप तामाङले २ सय २४ विपन्न परिवारलाई दसैंका लागि सहयोग दिएका छन्  । वडाध्यक्षले आफ्नै पैसाले विपन्न परिवारलाई दसैं मनाउन प्रतिपरिवार २० केजी चालम वितरण गरेका छन्  ।

दसैं मनाउन विपन्नलाई चामल

तामाङले करिव २ लाख निजी खर्चमा ४१ क्विन्टल चामल खरिद गरेर उनीहरूलाई दसैंमा खाद्यन्न उपलब्ध गराएका हुन । स्थानीय रामकुमार ऋषिदेवका अनुसार वडा अध्यक्षले २०–२० केजी चामल उपलब्ध गराएपछि सबै परिवारले खुसीले दसैं मनाए । आफनो पनि घरमा दसैका लागि चामलको जगेडा थिएन । उनले भने, वडा अध्यक्षले दिएपछि घरमा दसैंभरि चामलको समस्या भएन ।


नगरपालिकाबाट बितेको १५ महिनामा आफूले पाउनुपर्ने ४ लाख २३ हजार सेवा सुविधाको रकमले वडाका विपन्न परिवारका फुस्को छानो भएका घरमा पहिलो चरणमा जस्ता पाताले छाइने छ । उनले भने तिहार पछि त्यस्ता घरको छानो जस्ता पाताको हुनेछ ।


४ लाख २३ हजार रकमले पहिलो चरणमा कति घरलाई पुग्छ त्यतिमा जस्ता पाताले छाइनेछ । उनले भने बाँकी रहरेको अवधिमा नगरपालिकाबाट आफूले पाउने सेवा सुविधाको रकमले वडाका सबै फुस्को छाना भएका घरमा जस्ता पाताले छाएर आफ्नो वडालाई फुस्को छाना रहित वडा बनाउने तयारी गरेको छु ।


कांग्रेसबाट विजयी तामाङ स्थानीय जोवन क्लबका अध्यक्ष पनि हुन् । क्लबको तर्फबाट वडाका विपन्न परिवारलाई लत्ता कपडा पनि वितरण गर्ने तयारी रहेको उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?