कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

औषधि छैन जिल्ला अस्पतालमा

सिटामोल र गर्भवतीलाई दिइने आइरन चक्कीसमेत छैन
अस्पताल विकास समिति नभएको र रंगेली नगरपालिकाले औषधिका लागि दिनुपर्ने रकम नदिएको
विनोद भण्डारी

विराटनगर — बिरामीलाई जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि बिरामीलाई नि:शुल्क वितरण गरिन्छ  । मोरङको रंगेलीस्थित जिल्ला अस्पतालमा भने सिटामोल र गर्भवतीलाई दिइने आइरन चक्की समेत छैन  ।

औषधि छैन जिल्ला अस्पतालमा

सुत्केरीले पाउने १ हजार रुपैयाँ प्रोत्साहन भत्ता समेत अस्पतालले चालु वर्षदेखि दिन सकेको छैन । अस्पतालले गत वर्ष करिव १० लाख रुपैयाँको औषधि किनेको थियो । त्यो औषधि पोहोरै सकिएको मेडिकल अफिसर सुनिल चौधरीले बताए ।


अस्पताल विकास समिति नभएको र रंगेली नगरपालिकाले औषधिका लागि दिनुपर्ने रकम नदिएकाले समस्या भएको उनले बताए । दैनिक सय जना बिरामी आउने अस्पतालमा सिटामोल र आइरन चक्की समेत नभएको चौधरीले बताए । ‘औषधि दिन सकिएको छैन,’ उनले भने ‘बिरामीले किनेर खानुपर्ने बाध्यता छ ।’


१५ शय्याको अस्पतालमा मासिक सरदर ४० गर्भवतीले बच्चा जन्माउँछन् । उनीहरूलाई प्रोत्साहन भत्ता समेत दिन नसकिएको चौधरीले बताए । रंगेली नगरपालिका सहित धनपालथान गाउँपालिका, सुनवर्षी र रतुवामाई नगरपालिकाका बासिन्दा अस्पतालमा उपचारका लागि आउँछन् ।


स्थानीय देवमणी कटुवालका अनुसार अस्पतालबाट पाउनुपर्ने सुविधा नपाएपछि सर्वसाधारण विराटनगर धाउन बाध्य छन् । स्रोतका अनुसार अस्पतालबाहिर रहेका औषधि पसलले दिने कमिसनका कारण चिकित्सकले सरकारले सिफारिस गरेको औषधि नलेखी निजी पसलमा खरिद गर्न बाह्य औषधि सिफारिस गर्छन् । अस्पतालमा शुद्ध पिउने पानी अभाव छ । भएका दुईवटा फिल्टर बिग्रिएर थान्को लागेका छन् । रंगेली नगरपालिका मातहत रहेको यो अस्पताल प्रशासनले औषधि खरिद गर्न र प्रोत्साहन भत्ता वितरणका लागि नगरबाट सहयोग पाएको छैन ।


अस्पताललाई दिनुपर्ने बजेट सवै दिई सकिएको नगरपालिकाको दाबी छ । कार्यकारी अधिकृत सुरेन्द्र थापामगरका अनुसार अस्पताललाई शीर्षकगत रकम दिइसकिएको छ ।

प्रकाशित : कार्तिक १६, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?