कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली व्यक्तिको सीमावर्ती क्षेत्रमा हत्या

अर्जुन राजवंशी

दमक — सीमावर्ती क्षेत्रको भारततर्फ नेपाली व्यक्तिको हत्या गरी पुरेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव भारतीय क्षेत्रमा फेला परेको हो ।

नेपाली व्यक्तिको सीमावर्ती क्षेत्रमा हत्या

इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले भारतको किसनगञ्ज जिल्ला लुहागारास्थित काँसघारीमा राजवंशीको शव पुरेको अवस्थामा फेला परेको जानकारी दिए ।


राजवंशी ४ दिनदेखि बेपत्ता थिए । ४ दिनअघि उनी किसनगञ्ज जिल्लाको खरखरिया भन्ने स्थानमा ‘झारफुक’ गर्न गएको मृतकका छोरा उदयलाल राजवंशीले बताए ।


राजवंशीको शव नेपाल–भारत सीमादेखि ५ सय मिटर दक्षिण भारतीय क्षेत्रमा गाडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पौडेलले बताए । काँसघारीमा मृतक राजवंशीको चस्मा, बेल्ट र टोपी फेला परेको छ ।


उक्त सामग्रीका आधारमा आफ्नो बुबाको शव भएको मृतकका छोरा उदयलालले दाबी गरेका छन् । अलकचन स्थानीय गाउँघरमा धामीका रुपमा झारफुकको काम गर्ने गर्थे । अहिले शव उत्खननको कार्य गरिरहेको प्रहरी निरीक्षक पौडेलले बताए । भारततर्फ शव भएकाले भारतीय प्रहरी थाना कोडोबारीको नेतृत्वमा उत्खनन् कार्य भइरहेको छ ।


प्रकाशित : कार्तिक १६, २०७५ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?