कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ

अर्जुन राजवंशी

दमक — नाता पर्ने युवतीलाई बलात्कार गरेको आरोपमा झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका ५० वर्षीय चैतु ताजपुरिया पक्राउ परेका छन्। उनलाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ

ताजपुरियाले छिमेकी गौरादह नगरपालिकाकी १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेल जानकारी दिए ।

ताजपुरियाले बलात्कार गरी युवतीलाई गर्भवती बनाएको समेत बताइएको छ । युवतीको पेटमा ५ महिनाको गर्भ रहेको बताइएको छ । पीडित युवतीका बुबाले आफ्नी छोरीलाई बलात्कार गरेको भनी ताजपुरिया विरुद्ध प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।

उजुरी लगत्तै ताजपुरियालाई पक्राउ गरेको प्रहरी निरीक्षक पौडेलले बताए । ताजपुरिया नाता भित्रका आफन्त हुन् । पीडित युवती आफन्त पर्ने भएकाले ताजपुरियाको घर आउने गर्थिन् । पाहुना आएको बेला युवतीलाई ताजपुरियाले बलात्कार गरेको बताइएको छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?