कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुस सहित सहायक वन अधिकृत पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — सदरमुकाम गाईघाटबाट डिभिजन वन कार्यालय नेपालटारका सहायक वन अधिकृत सत्यनारायण साह आइतबार घुस सहित पक्राउ परेका छन्। अख्तियारको टोलीले साहलाई नगद ६० हजार सहित पक्राउ गरेको हो। 

घुस सहित सहायक वन अधिकृत पक्राउ

डिभिजन वन कार्यालय गाईघाटको डिएमगेट नजिकैको सम्पर्क कार्यालयबाट सेवाग्राहीसँग काम मिलाइ दिने भन्दै ६० हजार रुपैँया लिदै गरेको अवस्थामा अख्तियार दुरुपायोग अनुसन्धान आयोग बर्दिवास कार्यालयको टोलीले साहलाई पक्राउ गरेको हो ।


जंगलबाट कटान गरी घाटगद्दी गरेको काठको लगत मिलाई दिने भन्दै साहले सेवाग्राहीसँग रकम लिएको टोलीले जनाएको छ ।


पक्राउ परेका साहयक वन अधिकृत साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिई अवाश्यक कारबाही अगाडि बढाएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?