कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरमा ४ अर्बमा भ्यूटावर बन्ने

विनोद भण्डारी

विराटनगर — करिब ४ अर्ब रुपैयाँ लगानीमा विराटनगर महानगरपालिका-३ मा ‘भ्यूटावर’ बनाइने भएको छ।टावरको उचाई १ सय १० मिटर हुने जनाइएको छ।

विराटनगरमा ४ अर्बमा भ्यूटावर बन्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की,सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यूटावर निर्माणस्थल आइतबार शिलान्यास गर्दै चार वर्षभित्रमा निर्माण सम्पन्न हुने आश्वासन दिए ।


भ्यू टावर निर्माणका लागि संघीय सरकार,प्रदेश सरकार,विराटनगर महानगरपालिका,मोरङ व्यापार संघ,उद्योग संगठन,उद्योग वाणिज्य महासंघ प्रदेश १,नागरिक समाज र सर्वसाधारणको बास्केट फण्ड बन्ने महानगर प्रमुख पराजुलीले बताए ।


महानगरको १ विघा ७ कठ्ठा क्षेत्रफलमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुने र त्यसको पूर्ण डिपिआर निर्माण सुरु भएको पराजुलीले जनाए । टावरमा राजबंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने पराजुलीले बताए ।

प्रकाशित : कार्तिक १८, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?