आगलागीबाट चार करोड बराबरकाे क्षति

प्रदीप मेन्याङ्बो

सुनसरी — इटहरीको मुख्य चोकमा रहेका दुईवटा घरमा आगलागी हुँदा करोडौंको धनमाल क्षति भएको छ । बन्द रहेको इलेक्ट्रोनिक्स पसलमा बुधबार दिउँसो १ बजे अचानक आगलागी हुँदा ३ करोड ८८ लाख ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 

इटहरी उपमहानगरपालिका–६ स्थित धरानलाइनको मुख्य चौकमा रहेको विनोद पराजुली र गणेश लुइटेलको घर जलेको इटहरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुम लिम्बुले बताए ।

Yamaha

उनका अनुसार आगलागीबाट ती दुई घरमा भएका सामसुङ कम्पनीको इलेक्ट्रोनिक सो रुम, फ्रिज र वासिङ मेसिन सो रुम, रेखा पराजुलीको कलर ल्याब, नेत्र भट्टराईको टेलिभिजन सो रुम, घरधनी गणेश लुइटेलको ल्याङ्ग्वेज इन्स्टिच्यूट, ज्ञानेन्द्र कोइरालाको प्रिन्टर पसल, विपिन मगरको म्यान पावर कम्पनीको कार्यालय जलेका थिए ।

आगो नियन्त्रण गर्न ६ वटा दमकललाई तीनघण्टा बढी लागेको थियो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । सटर बन्द गरेको पसलभित्रबाट कालो धुवाको मुस्लो देखिएपछि आगो नियन्त्रण गर्न धरान, ईटहरी, सुन्दरहरैंचा, विराटनगरलगायतका दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : कार्तिक २२, २०७५ ०९:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

शौका समुदाय भन्छन्– देखासिकीमै दसैंतिहार

मनोज बडु

दार्चुला — हिमाली क्षेत्रमा बसोबास गर्दै आएका शौका समुदाय पछिल्लो पुस्तादेखि दसैंतिहार मनाउन थालेका छन् । पछिल्ला १०/१५ वर्षयता अन्य समुदायको देखासिकीका कारण चाडपर्व मनाउन थालिएको उनीहरू बताउँछन् । शौका जनजाति समुदायको बसोबास नेपालको दार्चुला जिल्लामा मात्र छ । 

कपिलवस्तुको तौलिहवास्थित तौलेश्वरनाथ मन्दिर परिसरमा माटोका भाँडाकुँडा बेच्न बसेका व्यवसायी । तिहारमा विशेषगरी पाला बढी बिक्री हुने गरेका छन् । तस्बिर : मनोज पौडेल/कान्तिपुर

‘एक/डेढ दशक अघिसम्म दसैंतिहारको समयमा आफूहरू ब्याँसमै हुन्थ्यौं,’ तिंकर टोलका स्थानीय चमकसिंह तिंकरीले भने, ‘बिस्तारै अन्य समुदायसित सदरमुकाम खलंगामै बसिन थालेपछि रमाइलोका लागि दसैंतिहार मनाउँछौं।’ तिहारमा भने यमपञ्चकका पाँचै दिनमा तिहार मनाउँदैनाैं। लक्ष्मीपूजा अर्थात् औंसीको दिन घरभित्र साँझको समयमा आफ्नो कुल देवतालाई सम्झेर पूजा गरिने उनको भनाइ छ।

अन्दाजी ४५ वर्ष उमेर बताउने तिंकरी दसैं त आफूले हाईस्कुल पढ्ने बेलादेखि मनाउन थालेको बताए। ‘तिहार भने उक्त समयमा मनाउँदैनथ्यौं,’ उनले भने, ‘आफूभन्दा पाको पुस्तालाई सोध्दा दसैंतिहारका बारेमा जानकारी नभएको बताउँछन्।’

तिहारमा मनाइने काग, कुकुर, गाई, गोरु र भाइटीकामध्ये पछिल्ला समय क्याम्पस र कलेज पढ्ने विद्यार्थी उमेरसम्मकाले बिस्तारै मनाउँदै आएका छन्। यहाँका स्थानीय अन्य समुदायमा भाइटीकालाई महत्त्वसाथ मनाउने हुनाले उनको साथी सर्कलका भाइबहिनी टीका लगाउँछन्। ‘तर, हाम्रो पुस्तामा भने भाइबहिनीमा तिहारको टीकासमेत लगाउने चलन छैन,’ तिंकरीले भने। उनका अनुसार आफूभन्दा पाको पुस्तालाई तिहार भनेपछि जुवातास मात्र खेल्ने सम्झन्छन्।

आफ्ना बालबच्चाको अन्य समुदायसँग हिंडाइ बसाइ बाक्लिँदै गएपछि उनीहरूको संस्कार भित्रिनु स्वाभाविकै भएको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक प्रेमसिंह बोहराको भनाइ छ। ‘दसैंतिहार मान्ने आफ्नो परम्परागत संस्कार नभए पनि अन्य समुदायका परिवार छिमेकी हुँदा त्यसको प्रभाव बढेको छ,’ उनले भने, ‘वल्लोपल्लो घरका मानिसले बिस्तारै दसैंतिहार मान्दै आएपछि आफूले पनि बाध्य भएर मनाउनुपर्ने स्थिति छ।’

आफ्नो समुदायको परम्परागत रूपमा भव्यतासाथ मनाउँदै आएको चार्ड एवं मुख्य पर्व घोबला हो। उनीहरूको मुख्य चाड घोबला माघ महिनामा मनाउने उनले बताए। ‘पहिला यो समयमा ताक्लाकोटको व्यापारमा व्यक्त भइने बेला भएको हुनाले सबै मानिस कोही ब्याँसमा त कोही व्यापारको सिलसिलामा ताक्लाकोट भइन्थ्यो,’ बोहराले भने, ‘परिवारका सबै सदस्य आफ्ना काममा व्यस्त हुन्थे। त्यसका कारण पनि दसैंतिहार तथा अन्य चाडको खासै मतलबै हुँदैनथ्यो।’ अहिले पनि यो समुदायका धेरैजसो मानिस व्यापारका सिलसिलामा तांलाकोट गएको उनी बताउँछन्। अधिकांशका घरमा केटाकेटी र वृद्धवृद्धा भेटिन्छन्। यो समुदाय परम्परागत रूपमा व्यापार गर्दै आएको हुनाले महिला पुरुष व्यापारमै व्यस्त हुने शिक्षक बोहराको भनाइ छ।

ब्याँस क्षेत्रमा बसोबास रहेका शौका समुदायका मानिस यो महिना ताक्लाकोटको व्यापार सकेर मंसिरको सुरुमै बेंसी अर्थात् सदरमुकाम खलंगा झर्ने गर्छन्। परम्परागत आफ्ना लालाबालासहित बसाइँ सर्ने हुँदा हिउँदमा लगाइने न्यानो कपडा र ऊन ताक्लाकोटबाट ल्याएर यहाँ व्यापार गर्छन्। ‘

६ महिनासम्मलाई व्यापार गर्नका लागि ताक्लाकोटबाट रेडिमेट लत्ताकपडा, श्रृगारका सामग्री, इलोक्ट्रोनिक सामान बिक्रीका लागि बेंसी ल्याउँछौं,’ ब्याँस र खलंगामा व्यापार गर्ने स्थानीय व्यापारी जितसिंह बोहराले भने, ‘६ महिनापछि ब्याँस उक्लँदा यहाँबाट ताक्लाकोटका लागि गुड, मिश्री, शृंगारलगायत सामान लानुपर्छ।’

प्रकाशित : कार्तिक २२, २०७५ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT