कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलामकाे लगानी सम्मेलन स्थगित

विप्लव भट्टराई

इलाम — देश विदेशका लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले इलाममा आयोजना हुने भनिएको लगानी सम्मेलन स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा कार्तिक २५ गते सम्मेलन गर्ने तयारी थियो । इलाम नगर कार्यपालिकाको कार्तिक २० गते वसेको बैठकले तयारी नपुगेको भन्दै सम्मेलन स्थगित गरेको हो ।


चाँडपर्व लगत्तै सम्मेलन गर्नु पर्दा अपेक्षितरुपमा लगानीकर्ता भेला हुन नसक्ने भएकाले पनि नगरपालिकाले सम्मेलन स्थगित गरेको हो । केही साताभित्र नै सम्मेलन आयोजना गर्ने नगरपालिकाले जनाएको छ ।

सम्मेलनमार्फत यहाँ लगानी गर्न योग्य क्षेत्र, वातावरणलगायत विषयमा लगानीकर्तालाई प्रष्ट पारिने योजना थियो । नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानीका लागि आग्रह गर्ने योजना बनाएको छ । कृषिमा अब्बल मानिएको यो जिल्लामा उत्पादित कच्चा पदार्थलाई प्रयोग गर्नु पर्ने आवाज उठ्दै आएको छ । धेरै जाडो र गर्मी नहुने यहाँको भूगोलमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गरेर पर्यटनसमेत प्रवर्द्धन गर्न सकिने नगरपालिकाको बुझाई छ ।

त्यस्तै मुलुककै पुरानो चिया बगानसहित बिभिन्न पर्यटकीय सम्भावनाका क्षेत्र भएकाले पर्यटनमा लगानी बढाउन पनि सम्मेलन फलदायी हुने नगरपालिकाको बुझाई छ ।

प्रकाशित : कार्तिक २४, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?