कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानबाट चार लाख नगदसहित १० जुवाडे पक्राउ

कान्तिपुर संवाददाता

सुनसरी — प्रहरीले धरानबाट १० जना जुवाडेलाई नगद सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई मंगलबार ४ लाख ८ हजार ५ सय रुपैयाँ र ३ बुङ तास सहित पक्राउ गरेको हो । 

धरानबाट चार लाख नगदसहित १० जुवाडे पक्राउ

उनीहरुलाई धरान–८ स्थित गोर्खा डिपार्टमेन्टको पछाडिको घरबाट पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा भरत थापा, राजु खडका, तुलाराम राई, सञ्जय राई, मिलन थापा, रवि कुमार राई, उमेश सोनि, मिलन गुरुङ, तुलाराज राई र सञ्जु राई रहेका छन् ।


इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिताको दफा १२५ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

प्रकाशित : कार्तिक २७, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?