कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा चालक र सहचालकको मृत्यु

अर्जुन राजवंशी

दमक — इलामको माङ्सेबुङ गाउँपालिकामा बिहीबार राति अदुवा बोकेको ट्याक्टर पल्टिँदा चालक र सहचालकको मृत्यु भएको छ । 

माङ्सेबुङ–३ भञ्याङ्ग खण्डमा को १ त ८०२५ नम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका २८ वर्षीय चालक नवीन कुरुम्बाङ्ग र सहचालक धनकुटा चौबिसे गाउँपालिका–८ का २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको हो ।

पाँचथरको रबिबाट अदुवा बोकेर झापाको दमकतिर आउँदै गरेको ट्याक्टर राति १२ बजेतिर सडकदेखि एक सय ५० फिट तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते उनीहरुको उपचारका क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?