कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकीयस्थल नयाँ गन्तव्य सूचीमा

तेह्रथुम — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयले सार्वजनिक गरेको सूचीमा प्रदेश १ का १४ वटै जिल्ला समेटिएको छ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा ती छनौटमा परेका हुन् ।

पर्यटकीयस्थल नयाँ गन्तव्य सूचीमा

मन्त्रालयले सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य सूचीमा सम्भव भएसम्म प्रत्येक जिल्लामा एउटा पर्यटकीय गन्तव्यलाई विकास गर्ने नीति लिएको जनाइएको छ ।


मन्त्रालयले ताप्लेजुङको साँवा गाउँपालिकामा रहेको पाथीभरा र फुङफुङे झरनालाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने सूचीमा राखेको छ । त्यस्तै सिदिंग्वा गाउँपालिकामा रहेको तिम्बुङ पोखरीलाई नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ ।


पाँचथरको फिदिम नगरपालिकामा रहेको गुरु फाल्गुनन्द सर्किटलाई पनि नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ । इलामको सन्दकपुर गाउँपालिकामा रहेको सन्दकपुर माइपोखरी क्षेत्रलाई भने स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्य सूचीमा समेटिएको छ । संखुवासभाको अरुण उपत्यकालाई मन्त्रालयले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने सूचीमा राखेको छ । त्यस्तै बालेश्वर ऐतिहासिक गुफालाई भने नयाँ पर्यटकीय गन्तव्य सुूचीमा राखिएको छ ।


धनकुटाको सांघुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरनालाई प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ भने तेह्रथुम र धनकुटाको सीमामा रहेको हलदे पटेकडाँडा पर्यटक ट्रेल मार्गलाई भने नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । मन्त्रालयले भोजपुरको ट्याम्के डाँडा क्षेत्रमा रहेको मुन्धुम ट्ेरल मार्गलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समेटेको छ ।


खोटाङको हलेसी महादेव स्थानलाई स्थापित तर प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ भने बराहा गाउँपालिकामा रहेको बराह पोखरीलाई भने विकास गरिनुपर्ने नयाँ पर्यटकीय गन्तव्य सूचीमा राखेको छ ।


त्यस्तै सोलुखुम्बुको स्याङबोचे र सगरमाथालाई प्रवद्र्धन गरिनुपर्ने स्थापीत पर्यटकीय गन्तव्यको सूचीमा मन्त्रालयले सूचीकृत गरेको छ । सोही जिल्लाको महाकुलुङ गाउँपालिकामा रहेको पाँचपोखरी क्षेत्रलाई भने विकास गरिनुपर्ने नयाँ पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत गरिएको छ ।


ओखलढुंगाको पोकली झरनालाई प्रवद्र्धन गरिनुपर्ने स्थापित पर्यटकीय गन्तव्य सुूचीमा समेटिएको छ । ओखलढुंगाकै थोलेदम्बा डाँडालाई विकास गरिनुपर्ने नयाँ पर्यटकीय गन्तव्य सूचीमा मन्त्रालयले राखेको छ ।


उदयपुरको उदयपुरगढी क्षेत्रलाई विकास गरिनुपर्ने नयाँ पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । झापाको बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्रलाई प्रवद्र्धन गरिनुपर्ने स्थापित पर्यटकीय गन्तव्यमा समेटिएको छ भने सहिद नेत्रलाल पार्क बिर्तामोड, गौरादह कृषि पर्यटन क्षेत्र र अर्जुनधारा पर्यटन क्षेत्रलाई विकास गरिनुपर्ने नयाँ पर्यटकीय गन्तव्य सूचीमा समेटिएको छ ।


त्यस्तै मोरङको धनपालगढी पर्यटकीय क्षेत्र नयाँ पर्यटकीय गन्तव्य सूचीमा छनौट भएको छ । त्यस्तै सुनसरीको कोसीटप्पु बन्यजन्तु आराक्ष, धरान र बराह क्षेत्रलाई प्रवद्र्धन गरिनुपर्ने स्थापित पर्यटकीय गन्तव्य सूचीमा मन्त्रालयले राखेको छ ।


मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तव्यलाई निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको समेत सहयोग लिएर घुम्न योग्य बनाइनेछ । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तव्यलाई विशेष प्राथमिकता दिएर विकास, प्रचार, प्रसार र संरक्षण गरिने मन्त्रालयका प्रवक्ता उपाध्यायद्वारा जारी वक्तव्यमा उल्लेख छ ।


‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य साथ देशभरका नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिएको मन्त्रालयले जनाएको छ । यी पर्यटकीय गन्तव्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्ने जनाएको छ । नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न सरकारले चालु आवमा ५० करोड छुट्याएको छ ।

प्रकाशित : मंसिर १, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?