कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उर्लाबारीमा आगलागी,एक करोड १५ लाख बढीको क्षति

दमक — मंगलबार दिउँसो आगलागी हुँदा मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घर र पसल जलेर नष्ट भएको छ । 

उर्लाबारीमा आगलागी,एक करोड १५ लाख बढीको क्षति

दिउँसो साढे १ बजेतिर आगलागी हुँदा अधिकारीको काठको दुई तले घर र होलसेल किराना पसल पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगो लाग्नुको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीले बताए । आगोले घर र पसल जलेर नष्ट हुँदा एक करोड १५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । होलसेल पसलमा ७० लाख बढीको लगानी रहेको पीडित अधिकारीले बताए ।


आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्कीले बताए ।


आगोले जलेर थप क्षति हुन नदिन आसपासका चार वटा पसल खाली गरिएको थियो । आगो नियन्त्रणका लागि दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल र स्थानीयको प्रयासमा करीब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : मंसिर ४, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?