कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीमा छुरा प्रहार गरी दिउँसै लुटपाट

प्रदीप मेन्याङ्बो

सुनसरी — इटहरीको व्यस्त बजारमा बुधबार दिउँसै लुटपाट भएको छ । विराटनगर लाइनस्थित एक्टिभ मनि ट्रान्सफरका सञ्चालकलाई बुधबार दुई अज्ञात व्यक्तिले छुरा प्रहार गरी नगद लुटेर भागेका छन् ।

इटहरीमा छुरा प्रहार गरी दिउँसै लुटपाट

मुखमा कालो पट्टी बाँधेर आएका ती लुटेराहरुले मनि ट्रान्सफरका सञ्चालक मध्येका सविन दाहाललाई छुरा प्रहार गरेर रकम लुटपाट गरेका थिए । उनीहरुबीच केही समय घम्साघम्सी समेत भएको थियो । घट्ना दिउँसो दुई बजे भएको थियो ।


घाइते दाहाललाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि रिफर गरिएको इटहरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । उनले भने,‘के कति रकम लुटपाट भएको हो अनुसन्धान गर्दैछौँ ।’ घाइते दाहालले पनि लुटेराहरुले कति रकम लुटे भन्ने बताउन सकिरहेका छैनन् ।


दाहाल संखुवासभा घर भई इटहरीमा बसेर मनि ट्रान्सफर सञ्चालन गर्दै आएको बताइएको छ । उनको बाँया कोखामा र दाँया बुढी औँलामा चोट लागेको भएपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७५ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?