कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सडकको काम ठप्प

सडक डिभिजन कार्यालयले भुक्तानी दिन नसक्दा ठेकेदार कम्पनीले काम अघि बढाएनन्
देवनारायण साह

मोरङ — संघीय सरकारले समयमा बजेट नदिँदा विराटनगर भठ्ठीमोड–देबानगन्ज सडकको निर्माण काम ठप्प भएको छ । सडक डिभिजन कार्यालयले भुक्तानी दिन नसक्दा ठेकेदार कम्पनीले काम अघि नबढाएका हुन् । 

विराटनगरस्थित सडक डिभिजन कार्यालयले उक्त सडक निर्माणका लागि आर्थिक वर्ष ०७२/७३ मा चालु आर्थिक वर्षको मंसिर ३० सम्ममा १३ किलोमिटर सडक निर्माणका लागि डाँफे–पुष्पाञ्जली जेभीलाई ठेक्का दिएको थियो ।


कार्यालयले निर्माण कम्पनीलाई ५ .५ मिटर चौडाइ ४० एमएम मोटाइ भएको स्पाल्ट कङक्रिट भएको सडक निर्माणका लागि १० करोड ८७ लाख २३ हजारमा ठेक्का दिएको थियो । तर चालु आर्थिक वर्षमा र गत वर्ष पर्याप्त बजेट नआउँदा सडक निर्माण समयमा सम्पन्न हुन नसक्ने भएको हो ।


सडक डिभिजन कार्यालय प्रमुख भूमराज न्यौपानेले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि ७ करोड बजेट आवश्यक रहेकोमा सरकारले विनियोजन गरेको १ करोड बजेटसमेत निकासा हुन नसकेको गुनासो पोखे ।


‘सडक निर्माणमा निर्माण कम्पनीले पनि ढिलाइ नगरेको होइन तर हामी आफंैले गरेको कामको रकम भुक्तानी गर्न नसकेकाले केही भन्न नसकिएको अवस्था छ,’ उनले भने, ‘निर्माण कम्पनीले दसैंअघि गरेको कामको बजेट अभावमा भुक्तानी नै दिन सकेका छैनौं ।’


सडक निर्माण समयमा हुन नसक्दा स्थानीयवासी मार्कामा परेका छन् । सडकमा उडेको धूलोले बर्जु गाउँपालिकाको भिमपुरबासी सास्ती व्यहोर्न बाध्य छन् । स्थानीय ध्रुव बस्नेतले सडकमा उडेको धूलोले घर आँगनमा समेत बस्न नसक्ने अवस्था रहकाले तत्काल सडक निर्माण काम पूरा गर्न माग गरे ।


निर्माण कम्पनीका ऐयुब अन्सारीले आफूले समयमा नै सम्पन्न गर्ने गरी काम अघि बढाएको तर बजेट आउने नआउने टुंगो नभएकाले समस्या भएको बताए । ‘दसैंअघि नै सडक निर्माण काम सम्पन्न गर्ने योजना थियो,’ उनले भने, ‘त्यहीअनुसार काम पनि सुरु गरेका थियौं तर गरेको कामको भुक्तानी नपाएपछि काम रोक्न बाध्य भयौं ।’


उनले अब समयमा काम सम्पन्न गर्न समस्या रहेकाले कार्यालयले म्याद थप्ने बताए । उनले बजेट आउने बारे सडक डिभिजन कार्यालयले जानकारी गराएकाले ३ दिनदेखि काम सुरु गरेको बताए । सडकमा धूलो उड्न नदिनका लागि पानीसमेत धर्किने व्यवस्था गरेको बताए ।


डिभिजन प्रमुख न्यौपानेले १ करोड बजेटको सुनिश्चितता भएकोले काम अघि बढाउन निर्माण कम्पनीलाई पत्राचार गरेको बताए । कम्पनीले सडक ग्रेडिङ गरेर ग्रोभल हाल्ने काम सुरु गरेको बताए ।

प्रकाशित : मंसिर २२, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?