कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नयाँ सहर’का लागि बुझाए लालपुर्जा

मोरङ — जिल्लाको पुरानो सहर रंगेली नगरपालिकामा नयाँ सहर निर्माणका लागि सर्वसाधारणले सोमबार ६१ बिघा जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन् ।

रंगेली नगरपालिका ७ का सर्वसाधारणले जग्गाको लालपुर्जा बुझाएका हुन् । सरकारले पुुराना सहरलाई नयाँ सहर निर्माणको योजना अघि बढाएपछि स्थानीयले स्वस्र्फुुत रूपमा जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन् ।


सर्वसाधारणले रंगेली नगरपालिकामा गएर वडा ७ का अध्यक्ष रामचन्द्र मण्डललाई ६१ बिघा जग्गाको लालपुुर्जा बुुझाएका हुुुन् । सरकारले हुुलाकी राजमार्गसँग जोडिएको रंगेली बजारलाई सुविधा सम्पन्न सहरका रूपमा विकास गर्न जग्गा माग स्थानीयले उपलव्ध गराएका हुुन् ।


मण्डललाई निवेदनसहित लालपुर्जा बुझाएको स्थानीय शत्रुुधन रजतले बताए । रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यत्र लैजान खोजेको भन्दै रंगेली नगरपालिका वडा ६ का स्थानीयले पनि यसअघि ८५ बिघा जग्गाको लालपुुर्जा नगरपालिकामा बुुझाएका थिए । रंगेली नगरपालिकाका ९ वटै वडाका स्थानीयहरू आ–आफना वडामा नयाँ सहरको माग गर्दै लालपुर्जा बुझाउन थालेका हुन् ।


सरकाले रंगेलीको ४, ६ र ७ नम्बर वडालाई लक्षित गर्दै नयाँ सहरको योजना ल्याएको हो । नयाँ सहर स्थापनका लागि ५० बिघा जग्गा आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।


नयाँ सहर आयोजनाले पक्की नाला, सडक, खेल मैदान, सभाहलसहितको पुूर्वाधारयुुक्त सहर विकास गर्ने योजनना छ । रंगेलीमा नयाँ सहरका लागि ३०/३० करोडको लागतमा ४ वटा योजना निर्माण गरिने सरकारको लक्ष्य छ ।

प्रकाशित : मंसिर २७, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?