कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनभोजबाट फर्केको ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते

मोरङ — उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ बलत्मतामा वनभोज खाएर फर्किने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य ८ जना घाइते भएका छन् ।

वनभोजबाट फर्केको ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते

लिम्चुङबुङ गाउँपालिका ४ का २२ वर्षीय सुविन राई र २४ वर्षीय पवन राईको मृत्यु भएको हो । घाइते ८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनायो ।


स१त ७३२३ नम्बरको ट्रयाक्टरमा वनभोज खाएर फर्किने क्रममा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनायो ।

प्रकाशित : मंसिर २८, २०७५ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?