कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक खन्दा सञ्चार अवरुद्ध

मोरङ — विराटनगर महानगरले सडक खन्ने क्रममा टेलिकमको अप्टिकल फाइबर चुँडिदा ३२ सय टेलिफोन लाइन र मोबाइल बिहीबारदेखि अवरुद्ध भएको छ ।

नेपाल टेलिकम विराटनगरका निमित्त प्रमुख मदनलाल दासले महानगरले विराटनगरस्थित सहिद रंगशाला अगाडिको सडक खन्ने क्रममा अप्टिकल फाइबर चुँडिएर टेलिफाने र मोबाइल अवरुद्ध भएको बताए ।


‘सडक खन्ने क्रममा अप्टिकल फाइबर चुँडिदा ४ वटा टेलिफोन एक्सचेञ्जको ३२ सय टेलिफोन लाइन र बिटिएस टावरमा समस्या आउँदा मोबाइल अवरुद्ध भएको छ,’ उनले भने,‘प्राविधिकहरूले मर्मतको काम गरिरहेकाले शनिबारसम्ममा मात्रै सञ्चालन हुने अवस्था छ ।’


उनले तत्काल टेलिफोन र मोबाइल सञ्चालनका लागि वैकल्पिक समाधानको पनि खोजी भइरहेको बताए । उनले सुन्दरहरैंचा नगरपालिकास्थित नेपाल टेलिकमको विराट चोक कार्यालयबाट टेलिफोन र मोबाइल सञ्चालनको प्रयास भइरहेको बताए ।

प्रकाशित : मंसिर २९, २०७५ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?