कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन पसल जले

सुनसरी — धरान–१२ स्थित एकघरमा शनिवार मध्यरात आगलागी हुँदा तीन पसल जलेका छन् । विमला श्रेष्ठको घरमा विद्युत् सर्ट भएर आगलागी भएको थियो ।  

आगलागिबाट दीपक परियारको सेरिना लेडिज टेलर्स, सन्ध्या श्रेष्ठको ग्लोमिङ पार्लर र खुल्न लागेको फेन्सि पसल नष्ट भएको प्रहरीले जनाएको छ । फेन्सी पसलमा फर्निचर मात्र जलेर नष्ट भएका छन् ।


करिब साढे १२ बजे आगलागी भएको खबर पाएपछि आफूहरू पुग्दा सटर भित्रबाट आगो र धुवांको मुस्लो निस्किरहेको विमलाले बताइन् । उनीहरू अर्कै घरमा बस्ने गरेका छन् ।


विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरे पनि आगलागीको कारण अझैसम्म खुलेको छैन ।

प्रकाशित : पुस १, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?