कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

संखुवासभा — सभापोखरी गाउँपालिकामा बालिकालाई  बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ का दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

उनलाई प्रहरीले खाँदबारी नगरपालिका–१ स्थित बसर्पाकबाट पक्राउ गरेको हो । फरार भएका श्रेष्ठ भारतको सिलोङमा बस्दै आएका थिए। विभिन्न प्रलोभनमा पारी पटक पटक २०८० साउन २० गतेसम्म जबर्जस्ती बलात्कार गरेको आरोपमा पीडित परिवारले उजुरी दिएका थिए।

उनलाई भारतबाट आउने क्रममा खाँदबारी–१ बसर्पाकबाट पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि जबर्जस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबर्जस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : वैशाख ४, २०८१ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?