२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

दलितमाथि कुटपिट

सिरहा — काम गर्न नआएको भन्दै गिरहत (मालिक) ले सुखीपुर नगरपालिका ६ दहीपौडीका दलित धनीराम मोचीलाई कुटपिट गरेका छन् । छिमेकी गिरहत लालु यादवको कुटाइबाट मोचीको दुवै खुट्टा भाँचिएको छ । 

खेतबारीको काम गर्न मासिक १० हजार रुपैयाँ पाउने सहमतिमा दुई वर्षदेखि यादवको घरमा मोची हरूवाको काम गर्दै आएका थिए । ज्वरोले थलिएपछि बिहनी कहाँ गएर बसेका उनलाई त्यहींबाट आँखामा गम्छा बाँधेर कुटपिट गर्दै मोटरसाइकलमा राखेर गिरहत यादवले महनौर पुर्‍याए ।

महनौरस्थित समिलमा चार दिनसम्म सुई लगाउँदै कुटपिट गरेर राखेको चार दिनपछि आफन्तले थाहा पाएलगत्तै उनको उद्धार गरिएको थियो ।

प्रकाशित : माघ २२, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?