पत्रकार पासवानलाई 'गोपाल गोतामे पुरस्कार' 

कान्तिपुर संवाददाता

वीरगन्ज — सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार पत्रकार भोलाकुमार पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा बुधबार पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले गरेको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी र पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदीप यादवले १ तोलाको सुन मेडल र प्रमाणपत्रले पासवानलाई पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुने पासवान सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक तथा लेखक हुन् ।

Yamaha


कार्यक्रममा बोल्दै मेयर सरावगीले तत्कालीन अवस्थामा पञ्चायत शासनविरुद्ध लडेर जनमुखी पत्रकारिता गरेका गोपाल गोतामेलाई बिर्सन नसकिने बताए । उनले प्रतिष्ठानलाई जीवन्त राख्न आफ्नो तर्फबाट सहयोग हुने आश्वासन दिए । सांसद प्रदीप यादवले लोकतन्त्रको पक्षमा कलम चलाएर गोपाल गौतमले नाम कमाएको र पत्रकारिता पेसालाई एउटा उचाइमा पुर्‍याएको भन्दै प्रशंसा गरे ।

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले क्याम्पसमा अध्ययन गर्दा मातृभूमि पत्रिकाको पछाडिको पानामा गोपालचन्द्र गौतमको लेख अध्ययन गरेको सुनाए । उनले त्यतिखेरका चर्चित पत्रकारको नाममा स्थापित पुरस्कार मधेसमा दलितहरुको पीडा बुझेका व्यक्तिलाई प्रदान गरेकोमा खुसी व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्रकिशोर झाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा पत्रकार गौतमको बारेमा प्राध्यापक बालगोपाल थापाले आफ्नो स्मरण सुनाएका थिए ।

प्रकाशित : फाल्गुन २, २०७४ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

सभामुखमा अधिकारीको मात्रै मनोनयन

कान्तिपुर संवाददाता

पोखरा — प्रदेश ४ को सभामुखमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्रनाथ अधिकारी चयन हुने पक्का भएको छ । बिहीबार हुने सभामुखको निर्वाचनकालागि बुधबार प्रदेशसभा सचिवालयमा अधिकारीको मात्रै मनोनयन दर्ता भएपछि उनी सभामुख हुने निश्चित भएको हो ।


बिहीबार प्रदेशसभाको बैठकले उनलाई निर्विरोध सभामुख चयन गर्नेछ।

माओवादी केन्द्र संसदीय दलको नेता हरिबहादुर चुमान प्रस्तावक र एमाले नेता किरण गुरुङ समर्थकसहित अधिकारीले सभामुखमा मनोनयन दर्ता गरेका थिए। सभामुखसंगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शुक्रबार बिहान साढे ९ बजे प्रदेश प्रमुख बाबुराम कुँवरले सपथ खुवाउने कार्यक्रम तय भएको छ।

पर्वतको कुश्मा नगरपालिका १ पाङमा २०२२ जेठ ३ मा जन्मिएका अधिकारी पर्वत प्रदेशसभा कबाट निर्वाचित सदस्य हुन। आइए उत्तीर्ण उनी २०३८ सालमा तत्कालिन नेकपा चौथो महाधिवेशनको पार्टी सदस्य बन्दै राजनीतिमा लागेका थिए। गाउँकै एक स्कुलमा १८ महिना निःशुल्क पढाएका उनलाई शिक्षक आन्दोलनमा लागेको भन्दै तत्कालिन पञ्चायत सरकारद्वारा २०४१ सालमा शिक्षकबाट बर्खास्त गरेको थियो।

२०४५ मा अनेरास्ववियूको केन्द्रीय सदस्य, २०४८ मा नेकपा मशालको म्याग्दी सेक्रेटरी, २०४९/०५० नेकपा एकता केन्द्रको पर्वत ईन्चार्ज, २०५२ मा एकता केन्द्रको गण्डक ब्यूरो सदस्य, पर्वत, स्याङजा, बागलुङ सेक्रेटरी र ईन्चार्ज भएका थिए उनी। २०५७–२०५९ माओवादीको कास्की सेक्रेटरी, २०५९/०६० माओवादीको स्याङजा ईन्चार्ज, २०६१/०६२ माओवादीको मगराँत राज्य कार्यालय सेक्रेटरी भएका उनी २०६५ देखि अहिलेसम्म माओवादी पर्वतको ईन्चार्ज छन्। साथै माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य पनि छन्।

प्रकाशित : फाल्गुन २, २०७४ १३:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT