कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ को उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको घोषणा 

सन्तोष सिंह

धनुषा — प्रदेश २ को उपसभामुखमा उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छन् । प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवलले देव निर्वाबिरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

प्रदेश २ को उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको घोषणा 

संघीय समाजवादी फोरमकी देवको मात्र उम्मेदवारी परेकोले उनलाई उपसभामुखमा निर्वाचित गरिएको सभामुखले जानकारी गराए ।


शुक्रबार बसेको प्रदेशसभाको बैठकले उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको घोषणा र लालबावु राउतलाई मुख्यमन्त्री नियुक्ति भएको जानकारी प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको पत्र वाचन गरेका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७४ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?