रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं : मण्डल
काठमाडौँ — सप्तरी क्षेत्र नंं १(क) बाट निर्वाचित प्रदेश सभासदस्य सत्यनारायण मण्डल नेकपा एमाले प्रदेशसभा संसदीय दलको नेता चुनिएका छन् ।
आन्तरिक निर्वाचनबाटै दलको नेता निर्वाचित भएपछि प्रदेशको विकास र समृद्धिको योजना तथा प्रतिपक्षको भूमिकाबारे मण्डलसँग कान्तिपुर संवाददाता सन्तोष सिंहले गरेको कुराकानी :
संसदीय दलको नेताका लागि एमालेमा आन्तरिक निर्वाचनै भयो । सहमति किन हुन नसकेको हो ?
हेरक व्यक्तिमा अहिले इच्छा अकांक्षाहरू बढेर गएको छ । त्यसैले सहमति हुन सकेन । प्रयास गरे पनि सर्वसम्मति हुन सकेन । म र शत्रुधन महतो दुई जान संसदीय दलका नेताका लागि इच्छा गरेका थियाँै । दुईबीच सहमति गराउन पार्टी नेतृत्वले प्रयास गरे पनि सम्भव भएन । सहमति नहुँदा लोकतान्त्रिक अभ्यासबाट अगाडि बढ्यौ ।
प्रदेश विकासका लागि कस्ता योजनाहरू बनाउनु भएको छ ?
प्रदेश २ गरिब छ । मानव सूचांकका दृष्टिकोणले पछाडि परेको छ । सामन्ती वर्ग व्यवस्थाले सिंगो मधेस पछाडि परेको छ । प्रदेश २ मुलुककै अन्न भण्डार हो । प्रदेशमा कृषि, शिक्षा, स्वास्थ्यमा ध्यान दिनुपर्ने अवस्था छ । प्राचीन कालदेखिको मिथिला सभ्यताले विशेष पहिचान बनाएको छ । पूर्वी दर्शनमा महत्त्व पाए पनि २१ औ शताब्दीमा मिथिला संस्कृतिको योगदानलाई हामीले बुझाउन सकेनौँ । संसारलाई मार्गदर्शन गर्ने उन्नत संस्कृति निर्माण मिथिलामा भएको छ ।
विद्वानहरूले गरेको मार्गदर्शक र उहाँहरूको सम्मनलाई मध्यनजर गर्दे धार्मिक स्थानहरूलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने हुन्छ । पर्यटकी स्थलको सम्भावना बोकेको प्रदेश व्यवस्थित नुहँदा मानव सभ्यता खतरामा परेको छ । यहाँ पर्यटक विकाससँगै जल श्रोतलाई व्यवस्थित गरी पर्याप्त सिँचाइ गर्न सकिन्छ ।
एमाले नेतृत्वको सरकारले ल्याएको सुनकोसी मरिन कमला डाइभर्सन बनाएर सिँचाइ व्यवस्थित गर्न सकिन्छ । प्रमुख रूपमा हामी रोजगारीको अवसर ल्याउन सकियो भने विदेशमा दु:ख गर्ने युवालाई कृषिबाट रोजगारी दिन सकिन्छ । सिँचाइ सँगै सडक, बाटो बिस्तार गरी रोजगारीको अवसर ल्याउन सकिन्छ । प्रदेश २ को उतरी क्षेत्रभन्दा दक्षिण सीमा क्षेत्र पिछडिएको छ । यहाँ खानेपानी, शिक्षा, स्वास्थ्य र सडकको आवश्यकता छ । विकासका लागि समाजमा विकृतिको रूप लिएको दाइजो प्रथा, महिला हिंसाजस्ता घटनालाई चुनौतीका रूपमा लिएर क्रमिक रूपमा समाधान गर्ने हाम्रो योजना छ । प्रदेश २ मा कलंकका रूपमा रहेको विभेद र छुवाछूत अन्त गर्ने मेरो योजना छ ।
एमाले नेतृत्वको केन्द्र सरकारसँग प्रदेशलाई कसरी जोडनुहुन्छ ?
प्रदेश सरकारले भर्खर आकार लिएको छ । प्रदेश सरकारले कुन रूपले सहयोगको आपेक्षा राख्छ, हामी त्यहीअनुसार अगाडि बढ्छांै । म काँधमाकाँध मिलाएर प्रदेशका समस्या समाधान गर्ने पक्षमा छु ।
बाटो हिँड्दा सानो काँडा बिझ्दा शरीरभरि दु:ख, कष्ठ र पीडा हुन्छ । त्यस्तै यहाँको समस्याले मुलुकलाई नै पीडा हुन्छ । प्रदेश २ को समस्या र पीडा बारेमा हामी बसेर पहिचान गर्नेछांै । मुखले गोलमोटोल कुरा गरेर हुँदैन । बुँदागत रूपमा पहिचान गर्नेछाँै ।
उहाँहरू (सरकार) ले विश्वास गर्नुभयो भने सँगैको सहयात्री बन्ने छांै । प्रदेशलाई केन्द्र सरकारसँग आर्थिक र राजनीतिक रूपमा जोड्ने प्रयास गर्नेछु । यहाँको समस्या समधानका लागि निरन्तर केन्द्रलाई घचघचाउने छु ।
संविधान संशोधनका लागि तपाईंहरूको भूमिका कस्तो हुन्छ ?
एउटा कुरा मैले पनि बुझ्न सकेको छैन । विगतमा संशोधनको विषयालाई लिएर चुनाव बहिस्कार गरे । निर्णयार्थ रूपमा प्रस्तुत भयो ।
अहिले नयाँ जना देश प्राप्त भएको छ । मधेस र मधेसी जनातको जेनुन समस्याका बारेमा
बुँदागत रूपमा छलफल हुनु जरुरी छ । राष्ट्रलाई अहित हुने बाहेक सबै काम गर्न एमाले
तयार हुन्छ ।
संविधान संशोधन नै हुन सक्दैन भन्ने पक्षमा हामी लाग्दैनाँै । तर, संविधानको कुनकुन विषयमा संशोधन हुने, कुनकुन कुराले मधेस र मधेसी जनातको जिवन प्रभावित गर्छ ? हेरिनुपर्छ ।
स्वार्थी वर्ग, स्वार्थका लागि चलखेल गर्ने व्यक्ति र विभिन्न शक्ति केन्द्रहरूको सिकार नबनाँै । मधेस र मधेसीका लागि आवश्यक संशोधन गर्न पहल गर्नेछु ।
प्रदेश २ को प्रतिपक्षी दलको भूमिका कस्तो हुने छ ?
हामी जिम्मेवार प्रतिपक्ष भएर बस्छाँै । टेबल ठोक्ने, कुर्सी फोड्ने काम गर्दैनांै । विकासको योजनामा हामीसँग सल्लाह गरे सुझाव दिन्छौँ । प्रदेश २ को साझा शत्रु गरिबी हो । गरिबीविरुद्ध हामी लड्ने छाँै । फोरम र राजपाको सरकार भर्खर बनेको छ ।
संघीयतामा आएपछि प्रादेशिक योजानहरू आएको छैन । सरकारको योजना, कार्यक्रम र नीतिअनुसार हामी धारणा बनाउने छाँै । रचनात्मक सहयोग गर्नेछौँ । प्रतिपक्षका तर्फबाट राम्रो काममा हामीले धन्यवाद दिएर पाखुरा र काँध मिलाएर सहयोग गर्नेछाँै । तर, प्रदेश र जनताका लागि ठीक नहुने निर्णयमा हामी सचेत गराउँछौ ।
प्रदेशको विकासका मुख्य चुनौतीहरू के देख्नुहुन्छ ?
नेपालबाट राजनीतिक रूपमा सामन्तवाद समाप्त भए पनि सामाजिक रूपमा हुन सकेको छैन । मुलुकमै भ्रष्टाचारले सामाजिक मान्यता पाएका छन् । भ्रष्टाचार नगर्नेलाई समाजले कातर, गरिखान नसक्नेको रूपमा चिनेको छ ।
जसले जति लुट्न सक्छ, सम्पत्ति जोड्न सक्छ, छोराछोरीलाई विदेश र ठूला स्कुलमा पढाउन सक्छ समाजले उसैलाई वाहवाह गर्छ । यहाँ भ्रष्टाचार नगर्ने इमान्दार कर्मचारी, राष्ट्रसेवक र नागरिक अगुवा समाजमा तिष्कृत भएका छन् । यहाँ चुनौती नै यही हो कि सिंगो समजालाई परिवर्तन गर्नु छ । भ्रष्टाचार नै प्रदेश २ को मुख्य चुनौती हो ।