कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी ठक्करले बालिकाको मृत्यु 

रवीन्द्र उप्रेती

महोत्तरी — जन्ती बोकेको भारतीय गाडीले ठक्कर दिदा सोनमा गाउँपालिका ७ सु्न्दरपुरमा शनिबार बिहान एक बालिकाको मृत्यु भएको छ । 

वीआर ०६ एल ९३८८ नम्बरको सुमो जीपले धक्का दिंदा ११ वर्षीया राधाकुमारी साहको मृत्यु भएको हो । घाइते बालिकालाई अस्पतालतर्फ लादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।


गौशालास्थित ईलाका प्रहरीकाअनुसार डिजेबाजाको चर्केा आवाज र जन्तीको नाचगानको तालमा अगि बढेको सुमोले बालिकालाई धक्का दिएको थियो ।

घटनापछि भारत घर भएका चालक फरार छन् । डिजेसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?