कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिवास महोत्सव सम्पन्न 

रवीन्द्र उप्रेती

बर्दिवास(महोत्तरी) — बर्दिवासको औद्योगिक व्यापार कृषि पर्यटन प्रवद्र्धन र लोक संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक आयोजना गरिएको बर्दिवास महोत्सव आइतबार सम्पन्न भएकाे छ । 

बर्दिवास महोत्सव सम्पन्न 

बर्दिवासको पूर्ववर्ति खोल्सीनजिक विविध कार्यक्रमसाथ ११ दिनसम्म आयोजना गरिएको महोत्सवमा लाखबढीको सहभागिता रहेको आयोजक बर्दिवास उद्योग वाणिज्य संघले जनाएको छ ।


‘आपसी सद्भावको पहिचान वर्दिवासलाई नमुना शहर तथा प्रदेशस्तरीय व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ मूल नाराकासाथ फागुन १५ गतेबाट सुरु भएको महोत्सवमा व्यापारिक प्रयोजनका १ सय ५० वढी स्टल लगाइएका थिए । ती स्टलबाट महोत्सव अवधिभर करोडबढिको व्यापार भएको बर्दिवास उद्योग वाणिज्य संघले जनाएको छ ।


आदिवासी जनजाति संघको सहकार्यमा आयोजना गरिएको महोत्सवमा जाातिगत विविधता झल्काउने प्रदर्शन , मगर , तामाङ , थारु , दनुवार जातिको लोकलय , धर्मसंस्कृति , भेषभुषा ,रीति रिवाजको प्रस्तुतिले मौलिक संस्कृतिको जगेर्ना र महोत्तरीका विविधतालाई मुलुकभर चिनाउन सहयोग पुगेको आयोजकले जनाएका छन् ।


प्रकाशित : फाल्गुन २७, २०७४ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?