कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुस लिएको आरोपमा विद्यूतका ईन्जिनियर पक्राउ 

पवन यादव

निजगढ — घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाले बुधबार नेपाल विद्यूत प्राधिकरण कलैया शाखाका एक जना ईन्जिनियरलाई पक्राउ गरेको छ ।

घुस लिएको आरोपमा विद्यूतका ईन्जिनियर पक्राउ 

पक्राउ पर्नेमा प्राधिकरणका चुहावट नियन्त्रण फाँटका ईन्जिनियर रत्नेश कुमार चौधरी रहेको अख्तियारबाट खटिएका सुरक्षा अधिकारीले बताए ।


ग्राहकबाट ईन्जिनियर चौधरीले लिएको साढे ९ हजार रुपैयाँ उनकै टेबलको घर्राबाट बरामद भएपछि उनलाई आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिइएको अख्तियारबाट खटिएका डिएसपीले बताए ।


अख्तियारको नियन्त्रणमा परेका ईन्जिनियरले आफ्नो टेबलको घर्रामा राखिएको साढे ९ हजार रुपैयाँ राजस्व तिर्नको लागी ग्राहकले दिएको दाबी गरे ।


‘घरमा मान्छे बिरामी छ भन्दै चिनेकै ग्राहकले मेरो राजस्व तिरीदिनु भनी उक्त रकम छाडेर गयो,’ उनले भने, ‘घुस भनी दिएको होइन ।’ ऊ निस्के लगत्तै अख्तियारबाट खटिएका सुरक्षाकर्मी र कर्मचारीले घर्रा खोल्न लगाएका थिए । पहिला देखी फोटोकपी राखेको उक्त पैसाको नम्बर मिलाए र बरामदी मुचुल्का उठाउदै नियन्त्रणमा लिएको आरोपित ईन्जिनियर चौधरीले दाबी गरे ।

प्रकाशित : चैत्र २१, २०७४ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?