कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

आयोजकलाई हराउँदै प्रहरी विजयी

सन्तोष सिंह

जनकपुर — तेस्रो दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता (डीजीएमटी) को उद्घाटन खेलमा नेपाल प्रहरीको विभागीय टोली विजयी भएको छ । आयोजक जनकपुरलाई ७५ रन अन्तरले पराजित गर्दै नेपाल प्रहरीले विजय सुरुवात गरेको हो ।

आयोजकलाई हराउँदै प्रहरी विजयी

जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा शुक्रबारबाट सुरु भएको डिजिएमटी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको प्रहरीको टोलीले ८ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । अन्तर्राष्ट्रिय खेलको समेत अनुभव बोकेको प्रहरीको टोलीका आरिफ शेषले अर्ध सतक बनाउन चुकेका थिए । उनले ४४ वलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४८ रन बनाए । जनकपुरका विशाल सुशलिङले शेषलाई एलबीडब्लु आउट गरे । प्रहरीको तर्फबाट ओपनर ब्याटस म्यान सुनिल धमलाले १० रन र अमित श्रेष्ठले ४ रन बनाएर आउट भए ।

दीलिपनाथले ९ रन, दिपेन्द्र सिंह ऐरीले ३१ रन, मन्जित श्रेष्ठले २५ रन, कुशल भुर्तेलले १२ रन, रामनरेश गिरीले २ रन बनाए । सिद्धान्त लोहनीले १३ रन र ललित राजवंशीले १ रन बनाए ।जनकपुरका तर्फबाट हरिशंकर साह र विशाल सुशलिङले २–२ विकेट लिए । दिव्यान्सु मल्लिकले १ विकेट लिए । जनकपुरका कप्तान शोभाकान्त पाण्डेले कुनै पनि विकेट हात पार्न सकेनन् । उनी नै सबैभन्दा महँगो बलर बने । चार ओभरमा उनले कुनै विकेट नलिई ३२ रन दिए । जनकपुरले ८ रन अतिरिक्त खर्चेका थिए ।

विभागीय नेपाल प्रहरीका खेलाडी सुरुदेखि नै आक्रमक देखिए । दिपेन्द्र सिंह ऐरी र आरिफ शेषको साझेदारीले पहिलो इनिङ थप सशक्त भएको थियो । प्रहरीको टोलीले चार ओभरमा ३ विकेट गुमाएका थिए । जनकपुरले पहिलो ओभरमै अमित श्रेष्ठलाई आफ्नो शिकार बनाएका थिए । लगतै तेस्रो ओभरमा सुनिल धमला र पाँचौं ओभरमा दिलिपनाथलाई आउट गर्न सफल भए । ऐरी र शेषको आक्रमक ब्याटिङ अगाडि जनकपुरका बलर निरिह देखिएका थिए । ऐरीले २२ बलमा ३१ रन र शेषले ३४ बलमा ४८ रन बनाउँदै नट–आउट रहे ।

१ सय ६४ रनको जवाफी लक्ष्य लिएर मैदानमा उत्रिएको आयोजक जनकपुर नेपाल प्रहरी टिमको सामु कमजोर देखिए । जनकपुर टोली निर्धारित २० ओभर समेत खेल्न सकेनन् । १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै जनकपुर ८८ रनमा मात्र सीमित भए । जनकपुरको तर्फबाट विशाल सुशलिङले सर्वाधिक ३६ रनको योगदान दिए । हरिशंकर साह ५ रन, शिव चौधरी १ रन, सम्साद शेष २० रन, शोभाकान्त पाण्डे ४ रन, अन्सारुल राइन ३ रन बनाए र जनकपुरका हिमांसु दत र विकेश साह डगआउट भएका थिए ।

प्रहरी टिमका ललित सिंह भण्डारीले ५ विकेट लिएर म्यान आफ दी म्याच भए । आक्रामक वलिङ गरेका भण्डारी नगद ५ हजार रुपैयाँ र बल प्राप्त गरे । रामनरेश गिरी र दिपेन्द्र सिंह ऐरीले क्रमश २/२ र ललित नरायाण राजवंशीले १ विकेट लिए । शुक्रबारबाट सुरु भएको डिजिएमटी–२० क्रिकेट प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ । समूह ए मा जनकपुर क्रिकेट टिम, वीरगन्ज युनाइटेड क्रिकेट कल्ब, नेपाल प्रहरी र भारत आसामको फोनिक्स क्रिकेट टिम र समुह बीमा नेपाल आर्मी, सशस्त्र प्रहरी बल, विराटनगर क्रिकेट सोसाइटी र भारत उतरप्रदेशको कानपुरका सोनेट क्रिकेट क्लब सहभागी छन् ।

शनिबार दोस्रो दिनको पहिलो खेलमा नेपाली प्रहरीसँग वीरगन्ज र दोस्रो खेलमा जनकपुरसँग आसामको प्रतिस्पर्धा हुँदैछ ।धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रदेश २ को मुख्यमन्त्री मोहमम्द लालबावु राउतले ब्याटिङ गरेर उद्घाटन गरे । उनले प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा गरे ।

प्रकाशित : वैशाख ८, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?