कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी शिक्षित भए सिंगो परिवार शिक्षित हुन्छ : मुख्यमन्त्री राउत

सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि ल्याएको वशेष योजना ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सफल बनाउन अपील गरेका छन् । 

छोरी शिक्षित भए सिंगो परिवार शिक्षित हुन्छ : मुख्यमन्त्री राउत

‘छोरालाई शिक्षित बनाइए एकजना मात्र शिक्षित हुन्छ, तर छोरीलाई शिक्षित बनाइए सिंगो परिवार शिक्षित हुने’ भएकाले छोरीको शिक्षालाई विशेष प्राथमिकतामा प्रदेश सरकारले राखेको बताए ।


‘अशिक्षाकै कारण समाजमा हिंसा लगायतका कुरितिहरु व्याप्त भएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘दलित बालिकाहरुको लागि सरकारले शिक्षा बिमा योजना, दिवा खाजा योजना ल्याउने तयारी भइरहेको छ ।’


धनुषाको मिथिला आधारभूत विद्यालय कचुरीले आयोजना गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा मुख्यमन्त्री राउतले मिथिला बिहारी नगरपालिका–८ की लक्ष्मीनियाा कुमारी दासको अभिभावक समेत बनेका छन् ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले शिक्षा नै विकासको मुख्य आधार रहेकाले त्यसका लागि प्रदेश सरकार विशेष पहल गरि रहेको बताए । बालाबालिकालाई शिक्षित बनाउने काममा अभिभावक, विद्यालय र समाज समेत जिम्मेवार बन्नुपर्ने यादवले बताए ।


कार्यक्रममा मिथिला बिहारी नगरपालिकाको मेयर अनिलकुमार यादवले बालिकाहरुको लागि नगरपालिकाले समेत विशेष प्याकेज ल्याएको बताए । छोरी जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराउन अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ प्रदान गरिनुका साथै विद्यालय जाने प्रत्येक बालिकालाई साइकल उपलब्ध गराउने मेयर यादवले घोषणा गरे ।


प्रदेश सरकारले घोषणा गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सफल बनाउन उनले प्रतिबद्धता जनाए ।


प्रकाशित : वैशाख ११, २०७५ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?