कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्वतन्त्रता आन्दोलनमा लगाएको गुन बिर्सन सकिनँ’

अवधेशकुमार झा

राजविराज — नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले भारतको स्वतन्त्रता आन्दोलनमा सप्तरी र यहाँका जनताको नाम स्वर्ण अक्षरमा लेखिएको बताएका छन् । उनले भारतका जनता आफ्नो स्वतन्त्रताको ७० औं वर्ष मनाइरहँदा स्वतन्त्रता आन्दोलनमा सप्तरीवासीले लगाएको गुण बिर्सन नसक्ने बताए । 

‘स्वतन्त्रता आन्दोलनमा लगाएको गुन बिर्सन सकिनँ’

भारतीय स्वतन्त्रता आन्दोलनका अगुवा समाजवादी नेताहरु जयप्रकाश नारायण र राममनोहर लोहियालाई तत्कालीन राणा शासनले पक्राउ गरी सप्तरीको हनुमाननगरस्थित जेलमा राखेको बेला सप्तरीका क्रान्तिकारीहरुले जेल तोडेर भारतीय नेताहरुलाई भगाएको स्मरणमा शनिबार राजविराजमा आयोजित कार्यक्रममा राजदूत पुरीले भने,–‘सप्तरीवासीले भारतलाई त्यतिबेला साथ दिए जुन समय हामी स्वतन्त्रताको खोजीमा थियौं ।’


जेपी लोहिया रामेश्वर मेमोरियल ट्रष्टद्वारा आयोजित कार्यक्रममा राजदूत पुरीले नेपालकै विकासमा भारतको विकास पनि केन्द्रित रहेको धारणा राखे । उनले आगामी पुस्तालाई आर्थिक, सांस्कृतिक र भाइचाराका हिसाबले अझ प्रगाढ बनाएर दुइ देशको सम्ब्नधलाई अगाडि बढाउनुपर्ने बताए । मिथिला र अवधको सम्बन्ध प्राचीनकालदेखि नै रोटीबेटीको रहेको बताउँदै राजदूत पुरीले यसलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्ने धाराणा राखे ।


भारतमा रहेको महानदी गंगालाई उनका सहायक नदीहरुसित जोड्दै कार्गो ट्राफिकका रुपमा विकास गर्ने भारत सरकारको योजना सुनाउँदै राजदूत पुरीले गंगादेखि कोसीसम्म जल यातायातका माध्यमले सप्तरी जिल्लालाई कार्गो हबको रुपमा विकास गर्न सकिने बताए । उनले कोलकत्ताबाट कोसीसम्म जलयातायातका माध्यमबाट कन्टेनर आउँदा शुल्क निक्कै कम लाग्ने प्राविधिकहरुको सुझाव रहेको भन्दै यसलाई चाँडै कार्यान्वयनमा ल्याइने जानकारी दिए ।


राजदूत पुरीले अब तरक्कीको समय आइसकेको बताउँदै केही दिनभित्रै ब्रोडगेज रेल्वेमा जनकपुर जोडिने तथा पूर्वको विराटनगरमा पनि पहिलो पटक रेल सेवा सञ्चालन हुने बताए । उनले भारतीय दूतावासको सहयोगमा सप्तरीमा सञ्चालित योजनाहरु पूरा नभएकोबारे आफूहरुको निगरानी भइरहेको बताए । उनले भने, ‘दूतावासको सहयोगमा सञ्चालित योजनाहरु जुन सम्पन्न भएका छन् त्यो हस्तानतरणको प्रक्रियामा लगिनेछ, सम्पन्न नभएकालाई चाँडै समपन्न गरिनेछ ।’ उनले यसो भने पनि सप्तरी जिल्लामा दूतावासको सहयोगमा सञ्चालित योजनाहरु समयमा पूरा नभएकै कारण पछिल्लो १५ वर्षदेखि भारतीय दूतावासले सप्तरी जिल्लालाई कालोसूचीमा राख्दै सहयोग बन्द गरेको छ ।


कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भू यादव, उपमेयर साधना झा र नेपाल भारतमैत्री युवा संघका अध्यक्ष किशोरकुमार यादवले राजदूत पुरीलाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरे ।

प्रकाशित : जेष्ठ १२, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?