कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नष्ट हुँदै सरकारी गाडी

अवधेशकुमार झा

राजविराज — जिल्ला समन्वय समिति सप्तरीमा रहेको एकमात्र गाडीमा अहिले संयोजक प्रभाकर यादव चढछन् । अन्यलाई चढन चार चक्के साधन छैन ।

नष्ट हुँदै सरकारी गाडी

समन्वय समिति सप्तरीकै परिसरभित्र वर्षौंदेखि थन्किएर बसेका सवारी साधनहरू माटोले पुरिएर नष्ट हुँदैछन् ।

स१झ ७७ नम्बरको बोलेरो जिप कार्यालय परिसरमै माटोले पुरिएको छ । वर्षौंदेखि यसै राखिँदा जिप आधा माटोले पुरिएको छ भने केही भागमा झारले छोपिएको छ । साविकमा जिविसका उपसभापति चढ्ने यो बोलेरो जिप केही समयका लागि राजविराज नगरपालिकालाई दिइएको थियो । पछि फेरि जिविसमै फिर्ता आएपछि जिप चलेको छैन । ‘नचल्ने नै अवस्थाको हो भने लिलामी गरेर बेचे भइहाल्छ नि ?’ जिससका एक कर्मचारीले भने यसरी कुहाएर नष्ट गरेर के फाइदा ?’

जिप मात्र होइन्, जिससको कार्यालय परिसरमा साविकमा जिल्ला सभापतिले चढने गरेको स१झ ९२ नम्बरको टोयोटा जिपको अवस्था पनि उस्तै छ । पटक–पटक हजारौं रुपैयाँ खर्च गरेर पनि मर्मत हुन नसकेको उक्त जिप कार्यालय परिसरमा वर्षौंदेखि थन्किएको छ । उक्त गाडी पनि नष्ट हुने अवस्थामा पुगेको छ ।यही अवस्था छ, जिससको सभाहल अगाडि वर्षौंदेखि थन्किएको डोजरको पनि ।

जिल्लामा सरकारी स्तरबाट सडक निर्माण गर्दा निजी क्षेत्रबाट डोजर भाडामा ल्याउनु परिरहेका बेला जिससको स्वामित्वको उक्त डोजर बिग्रेर थन्किएको छ । डोजर पनि माटोले छोपिंदै गएको छ । चार चक्के साधनको मात्र होइन, जिससको नामको केही टरसाइकल पनि कार्यालय परिसरमा त्यतिकै फालिएका छन् । वर्षौंदेखि जथाभावी फालिँदा ती मोटरसाइकलका पाटपुर्जा चोरी भएका छन् ।

जिससको परिसरमा यसरी लापरबाहीपूर्ण तरिकाले फालिएका कुनै पनि सवारी साधन अब काम लाग्ने अवस्थाका छैनन् । ‘एउटा गाडी पनि सञ्चालनमा आउन सक्ने अवस्थाका छैनन्,’ जिससका एक कर्मचारीले भने, ‘माटोमै कुहाएर नष्ट गर्नुभन्दा कवाडीमै भए पनि बेचेर आम्दानी गर्दा हुन्थ्यो ।’ जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले कार्यालय परिसरमा रहेका ती गाडीहरू काम नलाग्ने भएको बताए । उनले असारपछि ती सवारी साधन लिलामी प्रक्रियाबाट बिक्री गर्ने बताए ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?