कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

अनुमतिबिनाको क्रसर उद्योग बन्द

शिव पुरी

काठमाडौँ — गढीमाई नगरपालिका २, समनपुरस्थित बागमती नदीकिनारमा अनुमतिबिना सञ्चालनमा रहेको क्रसर उद्योग बन्द भएको छ ।जिल्ला प्रशासन कार्यालयले कडाइ गरेपछि उद्योग बन्द गरिएको हो ।

अनुमतिबिनाको क्रसर उद्योग बन्द

समनपुरबाट सर्लाहीको हजरिया जोड्ने बागमती नदीमा निर्माण हुँदै गरेको पुलमा लाग्ने गिट्टीका लागि सञ्चालन गरिएको भनिए पनि बाहिर बिक्री हुँदै आएको थियो । उद्योग अवैध रहेको भन्दै बन्दका लागि प्रशासनले पत्र काटेको थियो ।

अनुमति नलिई सञ्चालनमा रहेको उद्योगबाट बाहिर गिट्टी बिक्री हुँदै आएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहितको टोलीले साताअघि स्थलगत अनुगमन गरेको थियो । अनुमति नलिई पुलका लागि भनेर स्थापना गरिएको उद्योगले बाहिर बिक्री गरेको भन्दै प्रजिअ रिजालले बन्द गर्न निर्देशन दिएका थिए ।

‘नियमविपरीत भएकाले बन्द गर्न पत्र पठाएको हँु,’ उनले भने, ‘पुल निर्माणबाहेक उद्योग सञ्चालन गरी गिट्टी बाहिर बिक्री गरे कारबाही हुन्छ । अहिले उद्योग बन्द भइसकेको छ ।’ समनपुरमा निर्माण हुँदै गरेको पुलको ढलानका लागि चाहिने गिट्टी चाहिएको अवस्थामा उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । ठेकेदारले केही स्थानीयलाई सञ्चालन गर्न दिई बाहिर बिक्री गर्दै आएका थिए । त्यसको उजुरी परेपछि प्रशासनले अनुगमन गरेको थियो ।

प्रशसनले कडाइ गरेपछि अहिले क्रसर उद्योग पूर्ण रूपले बन्द भएको छ । नजिकको बागमती नदीबाट ल्याइएका ढुंगा मेसिनबाट सानो आकारमा निकाली सडक कालोपत्रे र पुलको ढलानमा प्रयोग गरिँदै आएको थियो । पुलको ठेक्का पाएको एलाइट कन्स्ट्रक्सनले क्रसर राखेको हो । पुल ढलानका लागि राखिए पनि ठेकेदारले १ महिनाअघि नाफा लिएर स्थानीयलाई सञ्चालन गर्न दिएका थिए । पुलमा अहिले ढलानको काम छैन । बागमती नदीको डयाम छेउमा क्रसर उद्योग राखिएको छ ।

स्थानीयका अनुसार अवस्था हेरेर ठेकदारका प्रतिनिधिले उद्योग सञ्चालन गर्दै आएका थिए । समनपुरस्थित बागमती नदीमा २०७१ मा पुल निर्माणको काम सुरु भएको हो । त्यसै बेला पुललाई चाहिने गिट्टी उद्योगबाटै निकाल्ने भनिएको थियो । ठेकेदारका इन्जिनियर अजय झाले पुल निर्माणमा लाग्ने फ्रेस गिट्टी चाल्नका लागि क्रसर सञ्चालन गरिएको दाबी गरे ।

‘एक महिनाजति भयो स्थानीयले सञ्चालन गरेको,’ उनले भने, ‘अहिले बन्द गरिएको छ । पुललाई चाहिने मेटेरियल (साना फ्रेस गिट्टी) हामीले त्यहींबाट निकाल्छांै ।’ समनपुरस्थित बागमती नदीमा दैनिक सय बढी ट्रयाक्टर ढुंगा, गिट्टी लिन लाइन लाग्छन् । उनीहरूले जथाभावी उत्खनन गरी ढुंगा, बालुवा, गिट्टी निकाल्ने गरेका हुन् । त्यही ढुंगा गिट्टी क्रसर उद्योगमा ल्याएर बिक्री गर्छन् । त्यहाँबाट चालिएपछि क्रसर सञ्चालकले अन्यत्र बिक्री गर्छन् ।

प्रकाशित : जेष्ठ २६, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?