कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रान्सफरमर पड्कँदा प्रदेशसभा बैठक स्थगित

धनुषा — प्रदेशसभा परिसरमा रहेको विद्युत् ट्रान्सफरमर पडकिएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको छ । बैठक आइतबार २ बजेका लागि तोकिएको थियो ।

ट्रान्सफरमर पड्कँदा प्रदेशसभा बैठक स्थगित

सांसद प्रदेशसभामा बसिरहँदा परिसरको ट्रान्सफरमर अचानक पडकिएको हो । त्यसपछि विद्युत् सेवा ठप्प भयो । संसद् सचिवालयले विशेष कारण देखाएर ४ बजेका लागि सूचना सम्प्रेषण गरेको थियो ।


प्रदेशसभामा विद्युत् नहुँदा गर्मीले अत्तालिएका सांसद बैठक बस्ने प्रतीक्षामा परिसरबाहिरको पोखरीको डिलमा बसिरहेका थिए । तर, चार बजेको बैठक पनि सूचना टाँसेर सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले बताए ।


प्रदेशसभा बैठक कक्षसँगै ट्रान्सफरमर भएकाले असुरक्षाको कारण देखाउँदै बैठक स्थगित गरिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो । अब सोमबार बिहान ८ बजे बस्ने बैठकमा त्यसबारे छलफल हुनेछ ।


लोगोसहितको ब्याच वितरण

प्रदेश २ का सांसदलाई शनिबार जानकी मन्दिर र नेपालको झन्डा अंकित लोगोसहितको ब्याच वितरण गरिएको छ ।

प्रदेशसभा बैठक सुरु भएको ५ महिनापछि प्रदेशको लोगोसहितको ब्याच दिइएको हो । आइतबार प्रदेशसभा बैठकमा सहभागी सांसद लोगो भएको ब्याचसहित उपस्थित भएका थिए ।

प्रकाशित : जेष्ठ २७, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?