कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरलाई विलासी गाडी

जनकपुर — उपमहानगर जनकपुरका मेयर लालकिशोर साहका लागि करिब १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने फोर्डको गाडी खरिद गरिएको छ । सेतो रंगको आरामदायी गाडी असार मसान्त सकिन दुई दिन बाँकी हुँदा खरिद गरिएको हो ।

मेयरलाई विलासी गाडी

बा१८च ६३२४ नम्बरको रातो प्लेटको फोर्ड कम्पनीको इन्डेभर गाडी उपमहानगरपालिकाको नो पार्किङ क्षेत्रमा रोकिएको थियो ।

प्रदेश २ को अस्थायी राजधानी तोकिएको जनकपुरमा फोहोर संकलनका लागि पर्याप्त सवारी साधन नहुँदा सहर नै डम्पिङ साइट बनेको छ । तर, मेयर साहले आफू चढ्नकै लागि महँगो गाडी खरिद गरेकोमा उनको चर्को आलोचना भइरहेको छ । जनकपुरका बलराम साहले सहरको फोहोर संकलन गर्न टयाक्टरको अभाव रहेको तर मेयरलाई चढ्नका लागि करोड रुपैयाँभन्दा महँगो गाडी खरिद गरेकोमा असन्तुष्टि जनाए ।

‘सहरको फोहोर संकलन नगर्दा जनकपुर दुर्गन्धित बनेको छ,’ साहले भने, ‘मेयर करोडौं पर्ने चिल्ला गाडीमा घुमेर सहरको सफाइ हुन्छ ?’ उनले सहरको सफाइमा उपमहानगरपालिकाले साधनस्रोत र बजेट खर्चिनुको साटो जनप्रतिनिधि चढ्नकै लागि गाडी खरिदमा करोडौं रुपैयाँ खर्चिनु बेइमानी भएको बताए ।

प्रकाशित : श्रावण १, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?