कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सामाजिक परिचालक आन्दोलन तयारीमा

कान्तिपुर संवाददाता

जनकपुर — जागिर खोसिएको विरोधमा सामाजिक परिचालकले आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उनीहरूले आफूहरूलाई स्थानीय तहमा भर्ती गर्न माग गरेका छन् ।

सामाजिक परिचालक आन्दोलन तयारीमा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असारदेखि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) बन्द गरेपछि सामाजिक परिचालक जिम्मेवारीविहीन भएका हुन् । स्थानीय तहमा जनप्रतिनिधि आइसकेकाले २०७४ पुस १३ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयअनुसार पुस १७ गतेबाट कार्यक्रम बन्द गरिएको थियो ।

तर सामाजिक परिचालकले आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले पुन: २०७४ चैत १६ गतेदेखि स्थानीय तहको वडा कार्यालयमा कार्यालय सहायकको काम गराउने गरी २०७५ असारसम्म नियुक्ति दिएको थियो । असार मसान्तमा जागिर सकिएपछि उनीहरूले पुन: आन्दोलनको तयारी गरेका हुन् ।

एलजीसीडीपी फेजआउट भएपछि रोजिरोटी नै खोसिएकाले उमेर हद नलाग्ने गरी स्थानीयतहमा समायोजन गर्न उनीहरूको माग छ । नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले आफूहरू ९ वर्ष देशको सेवामा खटे पनि उक्त योगदानको अवमूल्यन गरिएको आरोप लगाए । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारलाई काम परेका बेला सामाजिक परिचालक नभइ नहुने तर काम पूरा भएपछि बेवास्ता गरियो ।’

लामो समयदेखि सामाजिक परिचालकका रूपमा काम गरेकाहरूले उमेर हद लगायत कारणले अन्य रोजगारी समेत पाउन नसक्ने अवस्था रहेको उनले गुनासो गरे । ‘देशभरका ४ हजार ६ सय ६४ सामाजिक परिचालकलाई निरन्तर सेवामा राखिनुपर्छ । हैन भने हामी सरकारको विरोधमा उत्रन्छौं,’

प्रकाशित : श्रावण २१, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?