२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

इन्टरमोडलको आम्दानी २ करोड ६० लाख

पर्सा — वीरगन्जको एकीकृत सुरक्षा जाँच चौकी आईसीपी सञ्चालन गरेको इन्टर मोडल यातायात विकास समितिले गत आवमा २ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

इन्टरमोडलको आम्दानी २ करोड ६० लाख

मुलुककै पहिलो यो आईसीपी समितिले ठेक्कामा नदिई आफैं सञ्चालन गरेको हो । समितिले वीरगन्जकै सिर्सिया सुक्खा बन्दरगाह भने ठेक्कामा दिएको छ । समिति वाणिज्य मन्त्रालयअन्तर्गतकै एक अंग हो ।

वीरगन्ज आईसीपीस्थित समिति कार्यालयका प्रमुख हेमेन्द्र मोहन शाहीले चैतको अन्तिम सातादेखि सञ्चालनमा आएको आईसीपीले गत आर्थिक वर्ष भरिमा गरी कुल २ करोड ६० लाख ८० हजार ८ सय २० रुपैयाँ ५ पैसा आम्दानी गरेको बताए ।

यस अवधिमा भारतीय आईसीपी हुँदै यो आईसीपीमा २९ हजार ८ सय ७ वटा मालवाहक तथा नयाँ सवारी साधन भित्रिएका छन् । जसमा ४० फुटे कन्टेनर ३ हजार ९ सय ७५, २० फुटे एट्रिकुलेटेड कन्टेनर ६५ वटा, ४० फुटे एट्री कुलेटेड कन्टेनर २ हजार २ सय ५०, २० फुटे कन्टेनर ट्रेलर १ हजार १ सय ८८ वटा, १ सय २१ कार, १ हजार ७ सय ४३ फिक्स कन्टेनर, ३२ जिप, ४० फुटे एलपी ग्यास बुलेट ३ हजार ९ सय ९५, २० फुटे एलपी ग्यास बुलेट १, अन टेस्ट टयाक्टर १६, ट्यांकर ८ हजार ४३, ट्यक्टर – टेलर १ सय ८२, ट्रक ८ हजार ५ सय ९४ थिए ।

ती सवारीको इन्ट्री फी बापत १ करोड १० लाख ५२ हजार ७ सय ७२ रुपैयाँ ४४ पैसा, पार्किङ शुल्क बापत ८२ लाख ३१ हजार ५ सय ३८ रुपैयाँ ९८ पैसा, तौल ब्रिज शुल्क २६ लाख १८ हजार ३ सय १५ रुपैयाँ १८ पैसा र गोदाम शुल्क बापत ११ लाख ४ हजार २३ रुपैयाँ ७७ पैसा आम्दानी भएको छ ।

त्यसैगरी, अन्य शुल्कबाट ७३ हजार ७ सय २१ रुपैयाँ ३६ पैसा आम्दानी भएको छ । सबै आम्दानीको कर ३० लाख ४ सय ४८ रुपैयाँ ३२ पैसा गरी कुल आम्दानी २ करोड ६० लाख ८० हजार ८ सय २० रुपैयाँ भएको हो । चैत अन्तिम साताबाट सञ्चालनमा आए पनि वैशाख अन्त्यसम्म यो नाकाबाट केवल इन्धन मात्र आयात भएको थियो ।

जेठको पहिलो सातादेखि आईसीपी पूर्ण क्षमतामा सञ्चालन आएको हो । त्यसपछि मासिक करिब पउने २ करोड रुपैयाँ आम्दानी हुन थालेको शाहीले बताए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?