कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाली भए कक्षा कोठा

विद्यालय छेउकै चौरमा बाख्रा चराउन आउछन् तर, पढ्न आउँदैनन्
सन्तोष सिंह

जनकपुर — धनुषाको राष्ट्रिय प्राथमिक विद्यालय जटहीको कक्षा ३ मा १३ विद्यार्थी छन् । तर कक्षामा ३/४ जनाभन्दा बढी विद्यार्थी उपस्थित हुँदैनन् । नामांकन भएका केही विद्यार्थी निजी विद्यालयमा पढछन् । केही विद्यालय पढन आउँदैनन् ।

खाली भए कक्षा कोठा

विद्यालयमा अधिकांश विद्यार्थी मुसहर समुदयाको रहेको शिक्षक गंगा देव यादवले बताए । ‘उनीहरू विद्यालय छेउकै चौरमा बाख्रा चराउन आउँछन् तर, पढन आउँदैनन्,’ शिक्षक यादवले बताए । विद्यालयको कुल १ सय ५० विद्यार्थीमा दैनिक ४० भन्दा बढी विद्यार्थी उपस्थित हुँदैनन् ।

धनुषाकै राष्ट्रिय प्राथमिक विद्यालय कठपुल्लामा विद्यार्थी नआउँदा कक्षा कोठा रित्तो हुन्छ । कक्षामा शिक्षकले २ देखि ४ जनासम्म मात्र विद्यार्थाी आउँदा शिक्षक कार्यालयमै बसेर समय बिताउँछन् । गरिब परिवारका विद्यार्थीको विद्यालयमा पढन आउने भएकाले उनीहरू घरायसि काम, सना भाइ बहिनीलाई स्यहार्न, गाई बाख्रा चराउन र मजदुरीमा जाने आमाबुवा सँगै मजदुरीमा जान थालेपछि विद्यालय नियमित नआएको विद्यालयका प्रधानाध्यापक महेन्द्र कापरले बताए ।

विद्यालयका विद्यार्थी वर्षा भएपछि माछा मार्न, असोज कात्तिक महिनामा धान काटन, चैत महिना गहुँ काटन गएपछि विद्यालय नै सुनसान हुन्छ, शिक्षक गगनदेव यादवले भने, ‘गाउँमा भोजभतेर भएको दिन विद्यालय नै खाली हुन्छ ।’ दलित र गरिब समुदायका विद्यार्थी विद्यालयमा टिकाउन समस्या भएको प्रअ कापरले बताए । धनुषाको ग्रामीण क्षेत्रको विद्यालयमा शिक्षक पर्याप्त भए पनि पढने विद्यार्थीको उपस्थिति न्यून छ । अधिकांश सामुदायिक विद्यालयको कक्षा कोठा खाली हुन्छ ।

विद्यालयबाट प्रदान गरिने पाठयपुस्तक र छात्रवृत्तिका लागि भर्ना भएका सबै विद्यार्थी आए पनि पढन नियमित आउँदैनन्, शिक्षक यादवले भने, ‘सामुदायिक विद्यालयका विद्यार्थी नियमित कक्षामा उपस्थित हुँदैनन् । विद्यार्थी नियमित नआउँदा विद्यार्थीको पढाइ प्रभावकारी हुन सकेको छैन ।’

प्रदेश २ मा सबैभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कको आधारमा संघीय सरकार, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले बालबालिका विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका थिए ।

शैक्षिक सत्रको सुरुमा भएको विद्यालय भर्ना अभियान पूर्ण रूपले सफल नभएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ का जिल्लाहरूमा विद्यालय बाहिर रहेका बालबालिकालाई दोस्रो चरणको अभियान सञ्चालन गराएर विद्यालय भर्ना गराउँदै छन् । तर, या विद्यालय भर्ना भएका विद्यार्थी विद्यालयमा टिक्न सकेको छैन ।

जिल्ला शिक्षा समन्वय एकाइ धनुषाको तथ्याङ्कअनुसार धनुषामा ६ हजार ५ सय ५७ बालबालिका पहिलो चरणको विद्यालय भर्ना अभियानका क्रममा विदालय भर्ना भएका छन् । धनुषाका विद्यालय बाहिर रहेको बालबालिकाको तथ्याङ्क प्राप्त हुन नसकेको शिक्षा समन्वय एकाइ धनुषाका निमित्त प्रमुख मिहिलाल यादवले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?