कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुंगा दुर्घटनामा ४ को मृत्यु

रौतहट — गौर नगरपालिका ४ स्थित टिकुलिया घाटमा शनिबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनास्थलबाट ८ किलोमिटर दक्षिण भारतीय भूमिमा सोमबार थप दुईको शव भेटिएको हो । अझै एक जना बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।

डुंगा दुर्घटनामा ४ को मृत्यु

दुर्घटनामा बेपत्तामध्ये टिकुलियाकी १० वर्षीया उस्मा पटेल र डुंगा सहचालक ओमप्रकाश चन्द्रवंशीको शव भारतको शिवघर जिल्लास्थित जमुआ घाटमा भेटिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘भारतीय र नेपाली सुरक्षाकर्मीले खोजतलास गर्दा पटेल र चन्द्रवंशीको शव फेला परेको हो,’ उनले भने, ‘बेपत्ता टिकुलियाकै इन्दुदेवी पटेल अझै भेटिएकी छैनन् ।’ उनको खोजी भइरहेको छ ।


घटना भोलिपल्ट भारतीय सीमासुरक्षा बलले बगाएर बेपत्तामध्ये टिकुलियाकी ५० वर्षीया शान्तिदेवी र औरैयाकी रुनादेवी पटेलको शव फेला पारेको थियो । घटनामा ५ बेपत्ता थिए । ४ को शव भेटिएको छ । भारततीय सुरक्षाकर्मीले हराइरहेका नेपालीको खोजतलासमा निरन्तर सघाइरहेका छन् । सोमबार खोजतलासका लागि नेपाली सुरक्षाकर्मी टोली भारत गएको थियो ।


टिकुलियावासी शनिबार राति खेतमा काम गर्न डुंगा चढेर पारि जान लाग्दा अचानक दक्षिणतिर डुंगा मोडिएर पुलको पिलरमा ठोकिँदा डुबेको थियो । पिलरमा ठोकिएर डुंगा टुक्राटुक्रा भएको छ ।


त्यसमा सवार २४ जना भने पौडिएर बाहिर निस्केका थिए । घटनापछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले रातभरि खोजतलास गरेको थियो । घटनास्थलबाट झन्डै ८ किलोमिटर दक्षिण भारतीय भूमिबाट शव फेला पारेको हो । समयमा पुल नबन्दा डुंगा दुर्घटना भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रसनले पुल निर्माण जिम्मा पाएको हो । उसले एक वर्षदेखि पुलको काम अलपत्र छाडेका छन् ।

प्रकाशित : भाद्र ११, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?