कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिदकी पत्नीलाई जागिर

जनकपुर — तेस्रो मधेश आन्दोलनका प्रथम सहिद सप्तरी हनुमानगर नगरपालिका–१ राजिव राउतकी श्रीमती निलमदेवी राउतलाई मुख्यन्याधिवक्ताको कार्यालय प्रदेश २ मा नियुक्त गरिएको छ ।

सहिदकी पत्नीलाई जागिर

सहिद परीवारलाई रोजगारी दिने घोषणा गरेको प्रदेश सरकारले कक्षा ५ सम्मको अध्ययन गरेकी राउतकी श्रीमतीलाई न्यायधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीमा नियुक्त गरेको हो ।


प्रदेश सरकारको पहिलो मन्त्रीपरिषदको बैठकले प्रत्येक सहिद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुुसार प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उनलाई नियुक्त गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए । मुख्यमन्त्री राउतले निलमदेवीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।


नियुक्तिपत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले प्रत्येक सहिद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने प्रदेश सरकारको योजना रहेको बताए । ‘सहिद परिबारबाट रोजगारी दिने कार्यको तथ्यांक संकलन भइरहेको छ, मुख्यमन्त्री राउतले भने, ‘हामी आह्वान गरिसकेका छौ । सहिद परिवारका सदस्यलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ । यसअघि, प्रदेश २ सरकारले महोत्तरी गाउँपालिकाका सहिद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई जागिर दिएको थियो ।


मुख्य न्यायधिवक्ता कार्यालयले २ जना सहिदका श्रीमतीलाई रोजगारी उपलब्ध गराएको छ । मधेस आन्दोलनका सहिद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार दुई जनालाई नियुक्त गरिएको हो । निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरूलाई समेत सहायता उपलब्ध मुख्यमन्त्री राउतले बताए ।

प्रकाशित : भाद्र १३, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?