प्रदेश २ मा कृष्णाष्टमीको सार्वजनिक बिदा

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा सरकारी कार्यालयले अटेर गर्दै आएको बेला प्रदेश सरकारले भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।यसअघि प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालतले अटेर गर्दै कार्यालय खोलेका थिए ।

Yamaha

यसअघि राक्षाबन्धनको बिदा अटेर गरी कार्यालय खोलेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नेपाल राष्ट्र बैंकमा तालाबन्दी गरेका थिए ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कृष्णाष्टमीको सार्वजनिक विदाको निर्णयसँगै तीनवटा विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषदको बैठकले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन विधेयक–२०७५, प्रदेश उद्योग व्यवस्थापन विधेयक–२०७५ र समाजिक विकास मन्त्रालयसँग सम्बन्धित उच्च शिक्षाको व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

प्रकाशित : भाद्र १५, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको शुभारम्भ

सन्तोष सिंह

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आजदेखि औपचारिक शुभारम्भ गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा मुख्यमन्त्री राउतले प्रदेश २ मा ‘बेटी पढाउ बेटी बचाउ’ अभियान कार्यक्रमको औपचारिक शुभारम्भ भएको घोषणा गरेका हुन् । प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेश सभा सदस्यहरुको उपस्थितिमा अभियान शुभारम्भ भएको समारोहमा मुख्यमन्त्री राउतले बताए ।

अभियानमा मुख्यमन्त्रीको नाम जोडिए पनि कार्यक्रममा सबैको सक्रिए सहभागिता आवश्यक रहेको बताए । भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नु राउतले प्रदेश विकासकालागि समाजिक रुपान्तरण गर्न ‘बेटी पढाउ बेटी बचाउ’ अभियान कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
‘बेटी पढाउ बेटी बचाउ’ अभियानको सबै तिरबाट साकारात्मक प्रतिक्रिया आएको बताउदै सबैको सहयोगले कार्यक्रम उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : भाद्र १५, २०७५ १०:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT