कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखा अस्पतालमा भारतीय बिरामीको चाप

पर्सा — भारत बिहार पश्चिम चम्पारण बिसमराका ६५ वर्षीय गोपाल साह केही वर्षयता दुबै आँखाले धमिलो देख्छन् ।

आँखा अस्पतालमा भारतीय बिरामीको चाप

उनी आँखाको परीक्षण गराउन आइतबार वीरगन्जस्थित दृष्टि आँखा अस्पताल आइपुगेका थिए ।

आँखा परीक्षणपछि दुबै आँखामा मोतिबिन्दुको जालो पाकिसकेको चिकित्सकले बताएपछि आँखाको शल्यक्रिया पनि यहीं गराउने उनले निर्णय गरे । ‘शल्यक्रिया नै गराउनु नै पर्छ भने यहीं गराउने,’ उनले भने, ‘हाम्रोतिर भारतमा आँखाको उपचार गराउने भरपर्दा अस्पताल छैनन्, भएका पनि महँगा छन् ।’

गोपालजस्ता अन्य भारतीय बिरामीहरू पनि आँखाको उपचार गराउन अस्पतालमा आएका थिए । धेरै नेपालीका लागि भारतका अस्पताल उपचारको गन्तव्य हो । तर वीरगन्जका आँखा अस्पताल भने भारतीय बिरामीको उपचार गन्तव्य बन्दै आएका छन् ।

वीरगन्जमा सञ्चालित आधा दर्जन आँखा अस्पतालमा भारतीय बिरामीकै चाप हुने गरेको छ । कुनै समय नेपालका सीमावर्ती गाउँका बिरामीहरूको पनि आँखा उपचारको गन्तव्य भारतको सीतापुर आँखा अस्पताल हुन्थ्यो । बिस्तारै नेपालका आँखा अस्पतालहरूको गुणस्तरिय सेवाबारे चर्चा फैलिँदै गएपछि अब भारतीयहरूको चाप यहाँका अस्पतालमा हुने गरेको छ ।

कुल बिरामीमध्ये करिब ६० प्रतिशत भारतीय नै हुन्छन् । ससाना रोगको उपचार गराउन पनि छिमेकी भारत र तेस्रो मुलुक जानेहरूका लागि वीरगन्जका आँखा अस्पताल गर्व गर्न लायक उदाहरण बन्न सक्छन् । तुलनात्मक रूपमा गुणस्तरिय, भरपर्दो र सस्तो उपचार सेवा दिन सके भारतबाटै पनि बिरामीहरू उपचार गराउन गराउन यहाँ आउँछन् भन्ने कुरो प्रमाणित गरेका छन् यहाँका आँखा अस्पतालले ।

दृष्टि आँखा अस्पतालका सीईओ तथा कर्निया विशेषज्ञ डा. भाइरजा श्रेष्ठ अस्पतालमा भारतको बिहार र उत्तरप्रदेश राज्यबाट बढी बिरामी आउने गरेको बताउँछन् । तीमध्ये पनि बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लाको सिवान, छपरा, मोतिहारी क्षेत्रका बिरामी बढी हुने गरेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?